नेपाली दूतावासमा डिजिटल ठगीको उजुरी बढ्यो « Khabarhub

नेपाली दूतावासमा डिजिटल ठगीको उजुरी बढ्यो


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारमा डिजिटल ठगीधन्दा बढेको भन्दै डिजिटल ठगीबाट बच्न कतारमा कार्यरत नेपाली समुदायलाई सतर्कता
अपनाउन नेपाली दूतावास दोहाले आग्रह गरेको छ ।

दूतावासले एक सूचना गरी गर्दै विभिन्न टेलिफोन नम्बरहरुबाट सम्पर्क गरी विभिन्न बहानामा व्यक्तिगत जानकारी लिने र त्यसको दुरुपयोग गरी आफ्नो बैंक खाताबाट अनाधिकृत रुपमा पैसा झिकिएको र आफू ठगीमा परेको भनि विगत केही दिनयता दूतावासमा मौखिक तथा लिखित उजुरीहरु पर्नेक्रम बढेको भन्दै सचेत रहन अनुरोध गरेको छ ।

व्यक्ति स्वयमले एटिएम कार्डको पिन कोर्ड वा बैंकबाट प्राप्त ओटिपी नम्बर कसैलाई दिएर त्यसको प्रयोग गरी खाताबाट पैसा झिकिएमा कुनै कारबाही गर्न नसकिने भनि कतारका सम्बन्धित बैंकहरुले जानकारी दिएकाले सतर्क रहन अनुरोध गरिएको दूतावासले जनाएको छ ।

कतारको प्रहरी, गृह मन्त्रालय लगायत सरकारी निकाय तथा कतारमा रहेका बैंकहरुले एटिएम कार्डको पिन कोर्ड वा ओटिपी कोर्ड लगायत वैयक्तित विवरणहरु नमाग्ने समेत दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

आवश्यक परेको खण्डमा यस प्रकारका विवरण सम्बन्धित निकाय वा कार्यालयमा व्यक्ति स्वयम उपस्थित भई उपलब्ध गराउन सकिने भन्दै दूतावासले विभिन्न बहाना या प्रलोभनमा यसप्रकारका विवरणहरु उपलब्ध गराउँदा आफू ठगीमा पर्नसक्ने सम्भावना उच्च रहेकाले कतारबासी नेपालीहरुलाई सचेत रहन भनेको छ ।

ठगीबाट बाच्नको लागि कुनै पनि व्यक्तिलाई आफ्नो बैंकको एटिएम कार्ड, पिन कोर्ड आदि जानकारी नदिने । कसैले फोन गरेर कतारका विभिन्न निकायको नाम लिई बैंक खाता, एटिएम कार्ड वा सम्बन्धित अन्य जानकारी मागेमा यस्तो जानकारी कदापी उपलब्ध नगराउने ।

यसप्रकारको टेलिफोन प्राप्त भएमा कतारको गृह मन्त्रालयको फोन नम्बर २३४७४४४ वा ६६८१५७५७ मा सम्पर्क गरी त्यसको सूचना दिन सकिने दूतावासले जनाएको छ । साथै, सम्बन्धित बैंकलाई समेत जानकारी गराउन दूतावासले अनुरोध गरेको छ ।

नेपालीहरुका लागि रोजगारी प्रमुख गन्तब्य रहेको कतारमा विभिन्न क्षेत्रमा ३ लाख १२ हजार ६५० नेपाली कार्यरत रहेका छन् । ती मध्ये ११ हजार ९० जना महिला कामदारहरु कार्यरत छन् ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ४ : १५ बजे

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

एजेन्सी– भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या

नाडाको ५०औँ स्थापना दिवसमा ‘५० वर्षको सहयात्रा’ वाकाथन आयोजना

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५०औँ स्थापना

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

मान्म– तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत