सुरवीनलाई निर्देशकले भने– तिम्रो शरीरको अंग बुझ्न चाहन्छु « Khabarhub

सुरवीनलाई निर्देशकले भने– तिम्रो शरीरको अंग बुझ्न चाहन्छु


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– फिल्म ‘हेट स्टोरी २’मा काम गरेकी अभिनेत्री सुरवीन चावलाले पुनः एक पटक फिल्म उद्योग भित्र लुकेको तितो सत्यलाई उजागर गरेर सनसनी मच्चाएकी छन् । उनले आफू कसरी फिल्ममा चरित्रको सट्टामा ‘कास्टिङ काउच’को शिकार हुनुपरेको थियो भन्ने खुलाएकी हुन् ।

सुरवीरले एक अन्तरवार्तामा आफू तीन पटक ‘कास्टिङ काउच’को शिकार भएको उल्लेख गरेकी छन् । ‘एक समय थियो, जब मलाई एक फिल्म निर्मातासँग जानका लागि भनिएको थियो । एक भूमिकाका लागि निर्देशकले ‘म तिम्रो शरीरको अंगका हरेक इञ्च बुझ्न चाहन्छु’ भनेका थिए । त्यही समयदेखि मैले यस्ता मानिसहरुलाई बहिस्कार गर्दै आएकी छु’, उनले भनेकी छन् ।

सुरवीनका अनुसार दक्षिण भारतीय फिल्मका ती निर्देशकले राष्ट्रिय पुरस्कार जितिसकेका छन् । निर्देशकसँग सुरवीनको निकै लामो अडिसन भएको थियो । उनी त्यो समयमा केही बिरामी थिइन् । अडिसन सकिएपछि उनी घर फर्किइन् । त्यही समयमा निर्देशकले उनलाई तुरुन्तै मुम्बई आउन भनेका थिए । तर उनले निर्देशकको कुरालाई इन्कार गरिन् ।

सुरवीनले ती निर्देशक हिन्दी र अंग्रेजी भाषा नबोले पनि तमिल भाषा मात्र बोल्ने गरेको खुलाइन् । निर्देशकको सहायकले सुरवीनलाई फोन गरेर निर्देशकले सुरवीनलाई नजिकबाट बुझ्न चाहेको र फिल्म बनाउनका लागि लामो समय बिताउने सोच बनाएको बताएका थिए ।

उनले एक निर्माताले आफ्नो वक्षस्थल हेर्न चाहेको पनि खुलाइन् । ‘त्यो निर्माताले मेरो कम्मरमुनिको भाग पनि हेर्न चाहन्थ्यो’, उनले खुलाएकी छन् ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  १ : १० बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना