यसरी बन्छन् नागा साधु « Khabarhub

यसरी बन्छन् नागा साधु


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पशुपतिनाथमा महाशिवरात्रीको अवसरमा विभिन्न मुलुकबाट आएका साधु–सन्तमा सबैभन्दा बढि चर्चा हुन्छ, नागा साधुको । नागाबाबा शिवरात्रीमा नेपाल आउने भएपनि अन्य समयमा भारतको कुम्भ मेला र विभिन्न धार्मीक अवसरमा तिर्थस्थलम देखा पर्ने गर्दछन् । तर यिनीहरूको जीवन कस्तो हुन्छ ? कसरी बन्छन् यिनीहरू नागा साधु ?

नागा साधुको सम्बन्ध शैव सम्प्रदायसंग जोडिएको हुन्छ । महाकुम्भको अवसरमा नागा साधु बन्ने प्रक्रिया शुरू हुन्छ । यसकालागि भारतभर १३ अखाडा छन् । जहाँ सन्यासिलाई नागा बनाउने गरिन्छ । तर सबै सन्याशि नागा बन्न सक्दैनन् र सम्भव हुदैँन ।

नागा साधु बन्न दृढ इच्छाशक्ति र सन्यासी जीवन जिउने प्रबल इच्छा हुनु पर्दछ । भारतका १३ अखाडामा केवल शैव अखाडामा मात्र नागा साधु बन्ने दीक्षा दिइन्छ । जसमध्ये जूना अखाडबाट सबैभन्दा बढि सन्याशी नागा साधु बन्ने गरका छन् ।

नागा साधुले सामान्य विश्व र सामान्य जीवनबाट हटेर जीवन जीउनु पर्दछ । तसर्थ जब कुनै व्यक्ति नागा बन्ने भनेर अखाडामा जान्छ, तब उसले त्यहा कैयौं प्रकारको परीक्षाबाट गुज्रिनु पर्दछ ।

नागा बन्ने व्यक्तिको ब्रह्मचर्यको परिक्षण हुन्छ । साथै एक पटक अखाडामा प्रवेश गरेको व्यक्तिले जीवन भर ब्रह्मचर्यको पालन गर्नु पर्दछ । साथै आफ्नो गुरुको सेवा गर्नु पर्दछ । भारतमा लाग्ने महाकुम्भका समयमा नागा साधु बन्ने व्यक्तिले गंगामा १०८ डुबुल्की मार्नु पर्दछ । त्यसपछि तिनकालागि पाँच गुरु निर्धारित गरिन्छ र भस्म र रुद्राक्ष माला धारण गर्नु पर्दछ । अब ति पुरुषहरू महापुरुष बन्दछन् ।

महापुरुष बनेका साधुको जनै संस्कार हुन्छ । संन्यासी जीवन जीउने शपथ दिलाइन्छ । त्यतिमात्र होइन, नागा बन्ने व्यक्तिले स्वयम् आफ्नो र आफ्नो परिवारको पिण्डदान गर्नु पर्दछ । त्यसपछि पुरै रात ॐ नमः शिवायको जप गर्नु पर्दछ ।

यति प्रकृया सकेर महापुरुष बनेका साधुले भोलिपल्ट विजया हवन गर्नु पर्दछ । र फेरि गंगामा १०८ पटक डुबुल्की मारेर अखाडामा ध्वजाको मुनी दण्डी त्याग हुन्छ । यति सम्पन्न भएपछि मात्र कुनै पनि सन्याशि नागा साधु बन्न पुग्दछन् ।

नागा बनेपछि पनि उनीहरूकालागि केही नियमले बाँधेको हुन्छ ।
– नियम अनुसार नागा साधु केवल भुईमा मात्र सुत्नु पर्दछ । खाट वा ओच्छ्यानमा होइन ।
– नागा साधुले दिनमा केवल एक पटक मात्र भोजन गर्नु पर्दछ त्यो पनि भिक्षा मागेर ।
– भिक्षा माग्दा नागा साधु एक दिनमा केवल ७ घरमा मात्र माग्न पाउँछन् ।
– यदि ती ७ घरबाट उनले भिक्षा पाएनन् भने त्यस दिन उनी भोकै बस्नु पर्छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  १ : २५ बजे

युक्रेनमा रुसी आक्रमण : एक जनाको मृत्यु, २३ घाइते

एजेन्सी – युक्रेनको राजधानी किएभ र पूर्वी शहर खार्किभमा रातभरि

प्रचण्डदेखि सभामुखसम्मलाई टक्कर दिने यी महिला उम्मेदवार

काठमाडौं- फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ ३

सर्लाही–४ का युवासँग गगनले भने- विश्वास गर्नुस्, गुनासो गर्ने मौका दिने छैन

काठमाडौं – नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापाले

नयाँ दलमाथि ओलीको कटाक्ष : कहाँ जाँदै छु, कहाँ पुग्ने हो थाहा छैन

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक

भोलि सर्लाही-४ जाँदैछु, मनमा धेरै उत्साह छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेस सभापति गगन थापा भोलि (आइतबार) सर्लाही जाने