सन्तोषी सुब्बाको हत्या आरोपी सार्वजनिक, जबरजस्ती गर्ने क्रममा प्रतिकार गर्दा हत्या « Khabarhub

सन्तोषी सुब्बाको हत्या आरोपी सार्वजनिक, जबरजस्ती गर्ने क्रममा प्रतिकार गर्दा हत्या


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिणकालीस्थित एक शौचालयमा मृत फेला परेकी सन्तोषी सुब्बाको हत्या आरोपमा पक्राउ परेका सुरेश तिमल्सिनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

महानगरीय अपराध महाशाखाले आज पत्रकार सम्मेलन गरी सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ घर भइ दक्षिणकाली नगरपालिका ७ बस्ने २९ वर्षीय सुरेश तिमल्सिनालाई सार्वजनिक गरेको हो ।

महाशाखा प्रमुख एसएसपी चन्द्रकुबेर खापुङका अनुसार प्रहरीले हत्या आरोपी तिमल्सिनालाई काठमाडौँको असनबाट पक्राउ गरेको हो ।

एसएसपी खापुङका अनुसार असार ६ गते दक्षिणकाली पुगेकी सन्तोषीलाई तिमल्सिनाले खाना र सुत्ने व्यवस्था मिलाइदिन्छु भन्दै दक्षिणकाली मन्दिर नजिकै जंगलमा पुर्‍याएका थिए ।

घटनास्थलमा उनले जरबरजस्ती गर्ने क्रममा सन्तोषीले प्रतिकार गरेपछि सुरेशले घाँटी थिचि मृतकको सलले घाँटीमा बेरी हत्या गरेको खुलेको एसएसपी खापुङले बताए ।

हत्या पश्चात अभियुक्तले अनुहारमा पटक पटक ढुंगाले प्रहार गरी फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

No description available.

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  १२ : ५९ बजे

सुदूरपश्चिममा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – सुदूरपश्चिमका आज राति साधारणतया मौसम बदली रही धेरैजसो

कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपद्मा परेकाको उद्धारमा जुटन निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले अहिलेको विपद्को अवस्थामा पार्टीका सम्पूर्ण सदस्यहरुलाई

जनमत टाढिनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनमत

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार