सन्तोषी सुब्बाको हत्या आरोपी सार्वजनिक, जबरजस्ती गर्ने क्रममा प्रतिकार गर्दा हत्या « Khabarhub

सन्तोषी सुब्बाको हत्या आरोपी सार्वजनिक, जबरजस्ती गर्ने क्रममा प्रतिकार गर्दा हत्या


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिणकालीस्थित एक शौचालयमा मृत फेला परेकी सन्तोषी सुब्बाको हत्या आरोपमा पक्राउ परेका सुरेश तिमल्सिनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

महानगरीय अपराध महाशाखाले आज पत्रकार सम्मेलन गरी सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ घर भइ दक्षिणकाली नगरपालिका ७ बस्ने २९ वर्षीय सुरेश तिमल्सिनालाई सार्वजनिक गरेको हो ।

महाशाखा प्रमुख एसएसपी चन्द्रकुबेर खापुङका अनुसार प्रहरीले हत्या आरोपी तिमल्सिनालाई काठमाडौँको असनबाट पक्राउ गरेको हो ।

एसएसपी खापुङका अनुसार असार ६ गते दक्षिणकाली पुगेकी सन्तोषीलाई तिमल्सिनाले खाना र सुत्ने व्यवस्था मिलाइदिन्छु भन्दै दक्षिणकाली मन्दिर नजिकै जंगलमा पुर्‍याएका थिए ।

घटनास्थलमा उनले जरबरजस्ती गर्ने क्रममा सन्तोषीले प्रतिकार गरेपछि सुरेशले घाँटी थिचि मृतकको सलले घाँटीमा बेरी हत्या गरेको खुलेको एसएसपी खापुङले बताए ।

हत्या पश्चात अभियुक्तले अनुहारमा पटक पटक ढुंगाले प्रहार गरी फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

No description available.

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  १२ : ५९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना