सामुदायिक विद्यालयमा कक्षा ११ र १२ पढ्नेलाई पाठ्यपुस्तक नि:शुल्क « Khabarhub

सामुदायिक विद्यालयमा कक्षा ११ र १२ पढ्नेलाई पाठ्यपुस्तक नि:शुल्क


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शैक्षिक सत्र २०७८ देखि सामुदायिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने भएको छ ।

सरकारले आगामी वर्षको बजेट वक्तव्यमा घोषणा गरे अनुसार यसपटकदेखि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन लागिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले बताए ।

सरकारले आर्थिक वर्ष २०७८/०८९ को बजेट वक्तव्यमार्फत कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक प्रदान गर्ने घोषणा गरेको थियो ।

उनका अनुसार कक्षा ११ र १२ मा अध्ययरत विद्यार्थीहरुले अनिवार्य विषय निःशुल्क पाउँछन् भने ऐच्छिक विषय आफैँले खरिद गर्नुपर्नेछ ।

गत वर्षदेखि कक्षा ११ का विद्यार्थीहरुले तीन अनिवार्य र तीन ऐच्छिक गरी छ विषय अध्ययन गर्दै आएका छन । यस वर्षबाट कक्षा १२ का विद्यार्थीहरुले पनि तीन अनिवार्य र तीन ऐच्छिक गरी ६ विषय पढ्नुपर्नेछ । सोही अनुसार यस नयाँ शैक्षिक सत्रदेखि कक्षा १२ का विद्यार्थीहले नयाँ पाठ्यक्रम अनुसार पढ्नेछन् ।

कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले अङ्ग्रेजी, नेपाली, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा तथा गणित विषय अनिवार्य विषयको रुपमा अध्ययन गर्छन भने अन्य तीन वटा विषय ऐच्छिक विषयका रुपमा अध्ययन गर्नेछन् ।

निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन संघीय सरकारले स्थानीय तहमा बजेट रकम पठाउने र स्थानीय तहले सम्बन्धित विद्यालयमा विद्यार्थी संख्याको आधारमा पैसा उपलब्ध गराउने छ ।

सरकारी पाठ्यपुस्तक प्रकाशन गर्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले कक्षा ११ र १२ को अनिवार्य पाठ्यपुस्तक प्रकाशन गर्ने गरेको छ । ऐच्छिक विषय पाठ्यक्रम विकास केन्द्रबाट अनुमति पाएका प्रकाशन केन्द्रले छाप्दै आएका छन् ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  १ : ५५ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज