सामुदायिक विद्यालयमा कक्षा ११ र १२ पढ्नेलाई पाठ्यपुस्तक नि:शुल्क « Khabarhub

सामुदायिक विद्यालयमा कक्षा ११ र १२ पढ्नेलाई पाठ्यपुस्तक नि:शुल्क


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शैक्षिक सत्र २०७८ देखि सामुदायिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने भएको छ ।

सरकारले आगामी वर्षको बजेट वक्तव्यमा घोषणा गरे अनुसार यसपटकदेखि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन लागिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले बताए ।

सरकारले आर्थिक वर्ष २०७८/०८९ को बजेट वक्तव्यमार्फत कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक प्रदान गर्ने घोषणा गरेको थियो ।

उनका अनुसार कक्षा ११ र १२ मा अध्ययरत विद्यार्थीहरुले अनिवार्य विषय निःशुल्क पाउँछन् भने ऐच्छिक विषय आफैँले खरिद गर्नुपर्नेछ ।

गत वर्षदेखि कक्षा ११ का विद्यार्थीहरुले तीन अनिवार्य र तीन ऐच्छिक गरी छ विषय अध्ययन गर्दै आएका छन । यस वर्षबाट कक्षा १२ का विद्यार्थीहरुले पनि तीन अनिवार्य र तीन ऐच्छिक गरी ६ विषय पढ्नुपर्नेछ । सोही अनुसार यस नयाँ शैक्षिक सत्रदेखि कक्षा १२ का विद्यार्थीहले नयाँ पाठ्यक्रम अनुसार पढ्नेछन् ।

कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले अङ्ग्रेजी, नेपाली, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा तथा गणित विषय अनिवार्य विषयको रुपमा अध्ययन गर्छन भने अन्य तीन वटा विषय ऐच्छिक विषयका रुपमा अध्ययन गर्नेछन् ।

निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन संघीय सरकारले स्थानीय तहमा बजेट रकम पठाउने र स्थानीय तहले सम्बन्धित विद्यालयमा विद्यार्थी संख्याको आधारमा पैसा उपलब्ध गराउने छ ।

सरकारी पाठ्यपुस्तक प्रकाशन गर्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले कक्षा ११ र १२ को अनिवार्य पाठ्यपुस्तक प्रकाशन गर्ने गरेको छ । ऐच्छिक विषय पाठ्यक्रम विकास केन्द्रबाट अनुमति पाएका प्रकाशन केन्द्रले छाप्दै आएका छन् ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  १ : ५५ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै