यी अभिनेतासँग सनीको यस्तो दुश्मनी « Khabarhub

यी अभिनेतासँग सनीको यस्तो दुश्मनी


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता सनी देओलको फिल्म ‘घायल’ र आमिर खानको फिल्म ‘दिल’ रिलिजको ३१ वर्ष पुगेको छ । सन् १९९० मा रिलिज भएको यी दुवै फिल्म सुपरहिट भएका थिए । यद्यपि यो फिल्म रिलिजपछि सनी र आमिरबीच दुश्मनी बढ्यो ।

आमिर मात्र होइन, ‘एंग्री यङ मेन’का रुपमा चिनिने सनीको बलिउडका लोकप्रिय अभिनेतासँग पानी बाराबारको अवस्था छ । फिल्मी पर्दामा सनीको रिसलाई जोकोही दर्शकले देखेका छन् । वास्तविक जीवनमा पनि उनको रिस फिल्मको भन्दा कम छैन । यही रिसका कारण बलिउडका ठूला स्टारसँग उनले दुश्मनी मोल्न बाँकी राखेका छैनन् ।

आमिरसँग सनीको दुश्मनी ३१ वर्ष अघि दुवैको फिल्म ‘घायल’ र ‘दिल’ एकसाथ रिलिज हुँदादेखि नै सुरु भएको हो । आमिरले आफ्नो फिल्म रिलिज अघि सनीलाई उनको फिल्मको रिलिज मिति सारिदिन आग्रह गरेका थिए । तर सनीले आमिरको कुरालाई अस्वीकार गरे । यहीकारण त्यही समयदेखि दुवैको बोलचाल बन्द छ ।

अभिनेता अजय देवगन कमैमात्र झगडा गर्ने अभिनेताका रुपमा चिनिन्छन् । तर उनी अभिनेती सनीलाई धेरै घृणा गर्छन् । किनकी सनीसँग उनको झगडा परिसकेको छ ।

सन् २००३ मा ‘द लेजेण्ड अफ भगत सिंह’को सुटिङका समयमा अजय र सनीको झगडा भएको थियो । त्यही समयदेखि यी अभिनेताहरु एकअर्काबाट टाढिएका छन् ।

सनी अभिनेता शाहरुख खानको नाम नै सुन्न चाहदैनन् । फिल्म ‘डर’मा शाहरुखले भिलेनको भूमिका निभाएका थिए । फिल्ममा सनीको अपोजिटमा जुही चावला थिइन् । फिल्म रिलिज भएपछि जोकोहीले शाहरुखकै तारिफ गर्न थाले । त्यसको रिस सनीले आफ्नो लुगामा देखाए । यो फिल्मपछि सनी र शाहरुख कहिल्यै बोलेनन् ।

अभिनेता अक्षय कुमारसँगको सनीको सम्बन्ध उस्तै छ । दुवैले एक फिल्ममा सँगै काम गरे । तर दुवैको झगडाको कारक अभिनेत्री रवीना टण्डन बनिन् ।

जब सनी रवीनाका साथ एक फिल्ममा काम गरिरहेका थिए, त्यो बेला रवीनाले आफूलाई अक्षयले कसरी प्रेममा धोका दिए भन्ने कुरा सुनाएकी थिइन् । अक्षयले धोका दिएको कुरा रवीनाले रुँदै सनीलाई सुनाइरहँदा सनी यति रिसाएकी उनी अक्षयसँग झगडा गर्न पुगेका थिए ।

अभिनेता अनिल कपूरसँगको दुश्मनी थाहा पाउदा जोकोहीलाई फिल्मको कथा पढेजस्तै लाग्छ । फिल्म ‘जोशिले’को रिलिजको समयमा जब क्रेडिटमा सनी भन्दा अगाडि अनिलको नाम आयो, त्यो बेला सनी निकै दुःखी बनेका थिए ।

यो फिल्मपछि दुवैले ‘राम अवतार’मा काम गरे । यो फिल्मको एक दृश्यमा दुवैको सुट गर्नुपर्ने थियो । दृश्यमा सनीले अनिलको घाँटी थिच्नुपर्ने थियो । सनीले विगतका सबै घटनाक्रम सम्झेर अनिलको घाँती जोडले थिचे ।

यो घटनापछि अनिललाई श्वास लिन नै समस्या भयो । त्यसपछि अनिलले सनीसँग बोलचाल नै बन्द गरिदिए ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  २ : ५५ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना