प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग मिलेर मुलुकलाई संकटतर्फ धकेले : विपक्षी गठबन्धन | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग मिलेर मुलुकलाई संकटतर्फ धकेले : विपक्षी गठबन्धन



काठमाडौँ– विपक्षी गठबन्धनका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसँगको मिलेमतोमा संसद विघटन गरेर मुलुकलाई संकटतर्फ धकेलेको आरोप लगाएका छन् ।

संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका विपक्षी गठबन्धनका नेताहरुले सम्पादकहरुसँग अन्तक्रिया गर्दै मुलुक संकटतर्फ लैजान खोजिएको बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असंवैधानिक रुपमा दुईपटक संसद विघटन गरिएको भन्दै सरकार अध्यादेशमार्फत शासन गर्न खोजेको देखिएको बताए । उनले भने, ‘संसद विघटन गरेर अध्यादेशमार्फत शासन गर्ने र नेपालमा संवैधानिक निकाय कब्जा गर्न खोजिएको छ ।’

प्रधानमन्त्री र राष्ट्रपति मिलेर संसद विघटन गर्दै मुलुकलाई संकटतर्फ धकेल्न खोजेको आरोप लगाए । उनले भने, ‘देशलाई नै संकटतर्फ धकेल्ने काम गरेको छ । राष्ट्रपति र प्रधानमन्त्री मिलेर असंवैधानिक रुपमा संसद विघटन गर्ने, लोकतान्त्रिक मुल्य र मान्यतामाथि प्रहार भएको छ ।’

सरकारको असंवैधानिक कदमविरुद्ध सर्वोच्च अदालत पुगेको भन्दै सभापति देउवाले आवश्यक परे जनपरिचालन गर्ने समेत तयारी रहेको बताए ।

उनले भने, ‘जनपचिारलनका विषयमा समेत हामी अघि बढ्नेछौँ ।’ नेपालको आन्तरिक मामिलामा हस्तक्षेप अस्विकार हुने भन्दै सभापति देउवाले भने,‘राष्ट्रिय हितमा आधारित स्वतन्त्र परराष्ट्रनीतिका आधारमा सुमधुर सम्बन्ध कायम गर्न चाहन्छौं । नेपालको आन्तरिक मामिलामा नेपालीले नै निर्णय गर्न पाउनुपर्छ ।’

सम्पादकहरुसँगको अन्तरक्रियामा एमालेबाट निश्कासित नेता माधवकुमार नेपालले केपी ओली सच्चिएर आए सहकार्य हुने बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले कारबाही गरेको भन्दै नेता नेपालले अहिले आफ्नो समुह पदका लागि नभएर देशको स्वाभिमानको रक्षा गर्ने भन्ने चिन्तामा रहेको बताए ।

उनले भने,‘अहिलेको व्यवस्था रक्षाका लागि समाजमा रहेका सबै सकारात्मक शक्तिहरुसँग सहकार्य गर्ने समेत बताए । त्यसक्रममा अध्यक्ष ओली सच्चिएर आए उनीसँग समेत सहभार्य हुने उनको भनाइ छ । उनले भने,‘समाजमा रहेका सकारात्मक शक्तिहरुसँग हातेमालो गर्दे अघि बढिरहेका छौँ । गल्तिलाई स्वीकार गरेर केपी ओली आउनुहुन्छ भने स्वागत गर्नुपर्छ ।’

नागरिक कोरोना, बाढीपहिरो लगाएतका प्राकृतिक विपत्तिबाट पिरोलिएको अबस्थामा संसद विभटन गरेर चुनावको घोषणा गरिनु गलत रहेको उनले बताए । उनले भने, ‘कोरोना, बाढीपहिरोका कारण जनता कति पिरोलिएका छन् । यस्तो बेलामा संसद विघटन गरेर उपलब्ध साधन स्रोत प्रयोग गरे चुनाव घोषणा गर्ने ? अनि नहुने चुनावको पछि लाग्नुको कारण के हो ?’

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले यसअघि समेत नेपालमा तत्कालिन राजाहरुले संसद भंग गरेर निरंकुश शासन गर्न खोजेको तर त्यो पुरा नभएको भन्दै अहिले केपी शर्मा ओली समेत त्यही बाटोमा अघि बढ्न खोजेको आरोप लगाए ।

उनले भने, ‘केपी शर्मा ओलीले असंवैधानिक तवरले संसद भंग गर्ने, राष्ट्रपतिसँग मिलेर अध्यादेशमार्फत शासन चलाउने, संवैधानिक आयोग कब्जा गर्ने र स्वेच्छाचारी र निरंकुशतातर्फ मुलुकलाई लैजाने, त्यसका लागि जनाआन्दोलन जनयुद्ध मधेश आन्दालेले विस्थापित गरेका शक्तिहरुसँग साँठगाँठ गरे मुलुकलाई अस्थिरतातर्फ लैजाने काम गरेका छन् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको व्यवस्था नै धरापमा पार्न खोजेको भन्दै उनले संसद विघटन त्यसकै प्रमाण रहेको बताए ।

‘ओलीले सबैलाई समाप्त पारेर निरंकुश र स्वेच्छाचारी शासन चलाउन चाहन्छन् भन्ने पुष्टि भएको छ । हाम्रो आपत्ती भनेको दुईवटा विषयमा रहेको छ । पहिलो कुरा असंवैधानिक रुपमा संसद विघटन र अर्को भनेको विश्वासको मत गुमाएको प्रधानमन्त्रीलाई फेरि प्रधानमन्त्रीमा नियुक्त गरेर बहुमत सदस्यको हस्ताक्षरसहित गएका कांग्रेस सभापतिलाई प्रधानमन्त्रीमा नियुक्त नगर्ने राष्ट्रपतिको कदमविरुद्ध हो,’ उनले भने,‘सरकार गठनका लागि आह्वान गरेअनुसार हामीले शेरबहादुरजीलाई समर्थन गर्ने भन्दै १ सय ४९ जना सांसदले हस्ताक्षर गरेर प्रधानमन्त्री नियुक्त गर्नुपर्ने हो । त्यसो किन गरिएन । कुनैपनि सदस्यले बहुमत प्रमाणित गरेमा नियुक्त गर्नुपर्छ भन्ने संविधाननमा व्यवस्था छ । राष्ट्रपतिको भुमिकामा प्रश्न उठेको छ ।’

सर्वोच्च अदालतमा १ सय ४६ जना सांसद लाइन लागेर सनाखत गरेर रिट दायर गरेको भन्दै उनले भने,‘हामीलाई विश्वास छ संविधान, लोकतन्त्र र न्यायको पक्षमा फैसला गर्नेछ ।’

अहिले समेत सम्पादकहरुसँगको छलफल संसद भवन नयाँ वानेश्वरमा जारी छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ३ : ३२ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको