राष्ट्रपतिद्वारा संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त (सूचीसहित) « Khabarhub

राष्ट्रपतिद्वारा संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त (सूचीसहित)


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्त गरेकी छन् ।

प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति भण्डारीले उनीहरुलाई नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाइ विना नै नियुक्त गरिएको हो ।

गत वैशाख २६ गते बसेको संवैधानिक परिषदको बैठकले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक आयोगमा २० पदाधिकारी सिफारिस गरेको थियो ।

संवैधानिक परिषदले सिफारिस गरेपछि उनीहरुको संसदीय सुनुवाइ हुने र सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

को को भए नियुक्त ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

हरि पौडेल, सदस्य

सुमित्रा श्रेष्ठ, सदस्य

लोकसेवा आयोग

माधवप्रसाद रेग्मी, अध्यक्ष

माधव बेल्बासे, सदस्य

वीरबहादुर राई, सदस्य

दिनेश सिलवाल, सदस्य

मञ्जुकुमारी, सदस्य

निर्वाचन आयोग

सगुनशम्शेर जबरा, सदस्य

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

विपिनराज निरौला, सदस्य

राष्ट्रिय महिला आयोग

जया घिमिरे, सदस्य

सावित्राकुमारी शर्मा, सदस्य

सुन्दर पुर्कोटी, सदस्य

राष्ट्रिय समावेशी आयोग

रामकृष्ण तिमल्सेना, अध्यक्ष

पुष्पराज तिमिल्सिना, सदस्य

मानप्रसाद खत्री, सदस्य

आदिवासी जनजाति आयोग

सुर्यबहादुर गुरुङ, सदस्य

मधेसी आयोग

आभाकुमारी, सदस्य

थारु आयोग

उमाशंकर प्रसाद चौधरी, सदस्य

शान्ति मोदी, सदस्य

मुस्लिम आयोग

मोहम्मद समशुल हक, सदस्य

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ४ : ३१ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो