ब्रिटनी भन्छिन्–पिताको संरक्षणबाट स्वतन्त्रता चाहन्छु « Khabarhub

ब्रिटनी भन्छिन्–पिताको संरक्षणबाट स्वतन्त्रता चाहन्छु


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क(आजतक)– गायिका ब्रिटनी स्पेयर्सका पिता जेमी सन् २००८ देखि नै गायिकाको व्यक्तिगत जीवनदेखि लिएर उनको पैसामा कानूनी अधिकार राखिरहेका छन् । विगत १३ वर्षदेखि चलिरहेको अभिभावकत्वमाथि चलिरहेको विवादलाई ब्रिटनी टुंग्याउने मनस्थितिमा छिन् ।

यो क्रममा ब्रिटनीले भिडियो लिंकमार्फत लसएञ्जल्सस्थित अदालतमा करिब २० मिनेटको बयान दिएकी छन् । जहाँ ब्रिटनीले आफ्नो स्वतन्त्रताको माग गरेकी छन् । ब्रिटनीको समर्थनमा उनका कैयौं फ्यान छन् ।

सामाजिक सञ्जालमा ब्रिटनीको नाममा लाखौं ट्वीट छन् । कैयौं ह्यासट्याग निर्माण गरिएका छन् । जसमा ‘फ्रीब्रिटनी’को नामबाट चलेको ह्यासट्याग सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

ब्रिटनी कन्जरभेटरशिप निकै खराब हुने बताउछिन् । ‘म सुत्न पाएको छैन । हरेक दिन रुन्छु । म मेरो पिताको संरक्षणबाट स्वतन्त्रता चाहन्छु’, उनी भन्छिन् ।

कन्जरवेटरशिप अमेरिकामा संरक्षकताको एक कानूनी अवधारणा हो । जहाँ अदालतद्वारा उनको प्रतिनिधित्वको छनोट गरिन्छ । खासगरी मानसिक रुपले आफ्नो स्याहार गर्न नसक्ने व्यक्तिका लागि यो कानून तयार पारिएको हो । कन्जरवेटरशिपमा ती व्यक्तिहरुलाई कानूनी, आर्थिक र व्यक्तिगत निर्णयसँग जोडिएका सबै अधिकार दिइन्छ ।

ब्रिटनीको सवालमा पनि उनको आर्थिक अधिकारदेखि लिएर व्यक्तिगत जीवनसँग जोडिएका सबै मामलाको निर्णय पिता जेमीको हातमा छ । जहिल्यै विवादमा रहने ब्रिटनीलाई नशालु औषधिको सेवन, मारपीटका कारण उनको पितालाई सन् २००८ मा ब्रिटनीको कन्जरवेटरको रुपमा नियुक्त गरिएको थियो ।

यही वर्षदेखि नै ब्रिटनी र उनको पिताबीच विवादको श्रृंखला सुरु भएको थियो । अमेरिकाको एक प्रख्यात पत्रिकामा ब्रिटनीले सन् २०१४ मा आफ्नो पिताको हस्तक्षेपमाथि आपत्ति जनाएकी थिइन् ।

बुधबार अदालतसमक्ष बयान दिइरहँदा ब्रिटनी यति भावुक बनिन् कि उनले आँशु नै झारिन् । उनले यो कानूनी व्यवस्थालाई ट्रामा र डिप्रेस गर्ने किसिमको बताइन् । ‘म खुशी छैन । म सुत्न पाएको छैन । धेरै रिसाएकी छु । यो ठूलो अमानवीय हो । म दिनरात रुन्छु । यो अपमानजनक हो । म परिवर्तन चाहन्छु र यसको लायक पनि छु’, उनले भनेकी थिइन् ।

ब्रिटनीले गत वर्ष पितालाई अभिभावकत्वबाट हटाउन र सारा अधिकार फिर्ता लिनका लागि मुद्धा दायर गरिसकेकी छन् । यो समयमा ब्रिटनीले पिताबाट डराउने कुरा पनि बोलेकी थिइन् । उनले पिताले आफूलाई मानसिक रुपमा यातना दिइरहेको र उनले जबरदस्ती नियन्त्रण गर्न खोजिरहेको दाबी गरेकी थिइन् ।

कन्जरवेटरशिपको समयमा ब्रिटनीको तीन एलबम सार्वजनिक भए । उनी कैयौं टेलिभिजन शोको हिस्सा बनिन् र एक नयाँ घर पनि किनिन् । ब्रिटनीको हाल करिब ४ सय ४५ करोड रुपैंयाँ सम्पत्ति छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ६ : २१ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा