ब्रिटनी भन्छिन्–पिताको संरक्षणबाट स्वतन्त्रता चाहन्छु « Khabarhub

ब्रिटनी भन्छिन्–पिताको संरक्षणबाट स्वतन्त्रता चाहन्छु


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क(आजतक)– गायिका ब्रिटनी स्पेयर्सका पिता जेमी सन् २००८ देखि नै गायिकाको व्यक्तिगत जीवनदेखि लिएर उनको पैसामा कानूनी अधिकार राखिरहेका छन् । विगत १३ वर्षदेखि चलिरहेको अभिभावकत्वमाथि चलिरहेको विवादलाई ब्रिटनी टुंग्याउने मनस्थितिमा छिन् ।

यो क्रममा ब्रिटनीले भिडियो लिंकमार्फत लसएञ्जल्सस्थित अदालतमा करिब २० मिनेटको बयान दिएकी छन् । जहाँ ब्रिटनीले आफ्नो स्वतन्त्रताको माग गरेकी छन् । ब्रिटनीको समर्थनमा उनका कैयौं फ्यान छन् ।

सामाजिक सञ्जालमा ब्रिटनीको नाममा लाखौं ट्वीट छन् । कैयौं ह्यासट्याग निर्माण गरिएका छन् । जसमा ‘फ्रीब्रिटनी’को नामबाट चलेको ह्यासट्याग सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

ब्रिटनी कन्जरभेटरशिप निकै खराब हुने बताउछिन् । ‘म सुत्न पाएको छैन । हरेक दिन रुन्छु । म मेरो पिताको संरक्षणबाट स्वतन्त्रता चाहन्छु’, उनी भन्छिन् ।

कन्जरवेटरशिप अमेरिकामा संरक्षकताको एक कानूनी अवधारणा हो । जहाँ अदालतद्वारा उनको प्रतिनिधित्वको छनोट गरिन्छ । खासगरी मानसिक रुपले आफ्नो स्याहार गर्न नसक्ने व्यक्तिका लागि यो कानून तयार पारिएको हो । कन्जरवेटरशिपमा ती व्यक्तिहरुलाई कानूनी, आर्थिक र व्यक्तिगत निर्णयसँग जोडिएका सबै अधिकार दिइन्छ ।

ब्रिटनीको सवालमा पनि उनको आर्थिक अधिकारदेखि लिएर व्यक्तिगत जीवनसँग जोडिएका सबै मामलाको निर्णय पिता जेमीको हातमा छ । जहिल्यै विवादमा रहने ब्रिटनीलाई नशालु औषधिको सेवन, मारपीटका कारण उनको पितालाई सन् २००८ मा ब्रिटनीको कन्जरवेटरको रुपमा नियुक्त गरिएको थियो ।

यही वर्षदेखि नै ब्रिटनी र उनको पिताबीच विवादको श्रृंखला सुरु भएको थियो । अमेरिकाको एक प्रख्यात पत्रिकामा ब्रिटनीले सन् २०१४ मा आफ्नो पिताको हस्तक्षेपमाथि आपत्ति जनाएकी थिइन् ।

बुधबार अदालतसमक्ष बयान दिइरहँदा ब्रिटनी यति भावुक बनिन् कि उनले आँशु नै झारिन् । उनले यो कानूनी व्यवस्थालाई ट्रामा र डिप्रेस गर्ने किसिमको बताइन् । ‘म खुशी छैन । म सुत्न पाएको छैन । धेरै रिसाएकी छु । यो ठूलो अमानवीय हो । म दिनरात रुन्छु । यो अपमानजनक हो । म परिवर्तन चाहन्छु र यसको लायक पनि छु’, उनले भनेकी थिइन् ।

ब्रिटनीले गत वर्ष पितालाई अभिभावकत्वबाट हटाउन र सारा अधिकार फिर्ता लिनका लागि मुद्धा दायर गरिसकेकी छन् । यो समयमा ब्रिटनीले पिताबाट डराउने कुरा पनि बोलेकी थिइन् । उनले पिताले आफूलाई मानसिक रुपमा यातना दिइरहेको र उनले जबरदस्ती नियन्त्रण गर्न खोजिरहेको दाबी गरेकी थिइन् ।

कन्जरवेटरशिपको समयमा ब्रिटनीको तीन एलबम सार्वजनिक भए । उनी कैयौं टेलिभिजन शोको हिस्सा बनिन् र एक नयाँ घर पनि किनिन् । ब्रिटनीको हाल करिब ४ सय ४५ करोड रुपैंयाँ सम्पत्ति छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ६ : २१ बजे

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज– बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार

रोल्पाको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ– रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज

 होस्टललाई नियमन गर्दै स्थानीय प्रशासन

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा सञ्चालित होस्टल (छात्र–छात्राबास)लाई व्यवस्थित

कञ्चनपुरमा भारतको एक करोड ९० लाख सहयोमा विद्यालय भवन निर्माण थालियो

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ