असुरक्षित अफगानहरूको लागि आठ हजार थप भिसा दिन अमेरिकी संसदको अनुमति « Khabarhub

असुरक्षित अफगानहरूको लागि आठ हजार थप भिसा दिन अमेरिकी संसदको अनुमति


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्सले आठ हजार थप विशेष आप्रवासी भिसा (एसआईभी) दिने सरकारको प्रस्तावलाई अनुमोदन गरेको छ ।

अफगानिस्तानको युद्धमा अमेरिकी सेनासँग काम गर्ने दोभाषे, ठेकेदार र अन्य कमजोर अफगानी नागरिकसमेतलाई लक्षित गरी थप भिषाको प्रस्ताबलाई अनुमोदन गरिएको हो ।

अमेरिकामा अफगानिस्तान द्वन्द्वका क्रममा नेटो सेनासँग सँगै काम गर्ने वा सहयोग गर्ने दुई हजार ५०० अफगानीहरूले असुरक्षाको कारण देखाउँदै अमेरिकामा शरण दिन गरेको निवेदनपछि यो निर्णय आएको हो ।

त्यस्तै १० हजार अफगानीले तेस्रो मुलुक वा समुद्रपार सैनिक शिविरमा बस्ने व्यवस्था गरिदिन निवेदन दिएका खामा प्रेसले जनाएको छ ।

ह्वाइट हाउसल भर्जिनियाको फोर्ट ली सैन्य अड्डामा सुरक्षा जाँच पूरा गरिसकेको ७५० एसआईभी आवेदक र उनीहरूका परिवारका सदस्यहरूलाई शरण दिने योजना बनाएको छ भने अन्य चार हजार आवेदकहरूलाई उनीहरूको कागजपत्र पुनःरावलोकन गरी सुरक्षित तेस्रो देशमा बसाइने बताइएको छ ।

हालै अमेरिकी सेनाका लागि काम गर्ने एक अफगान दुभाषी सोहेल पारडिसलाई तालिवानले टाउको काटी हत्या गरेका थिए । पारडिस हजारौं अफगान दोभाषेमध्ये एक थिए जसले अमेरिकी सेनाका लागि काम गरे र अहिले तालिवानको कारबाही भोग्नु पर्‍यो ।

तालिवान समूहले अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुने निर्णयसँगै अफगानी तालिवान लक्षित कारबाहीलाई रोकेको छ ।

यसैबीच तालिवान समूहले अफगानिस्तानका सीमा क्षेत्रका कतिपय जिल्ला आफ्नो कब्जामा लिएको दाबी गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ८ : ५५ बजे

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज

पोस्टरमै उल्टो गेटअपले कौतुहल जगाएको ‘परिवार’ को टिजरमा के छ ?

काठमाडौं– एउटा बिहान उठ्दा श्रीमान् र श्रीमतीले आफूलाई आफ्नै शरीरमा