आजदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन | Khabarhub Khabarhub

आजदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको महामारीले साढे दुई महिना बन्द भएका मध्यम तथा लामो दूरीका सार्वजनिक सवारीसाधन आजदेखि सञ्चालनमा आएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै आजदेखि मध्यम तथा लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको हो । योसँगै काठमाडौँ उपत्यकाबाट मुलुकका विभिन्न जिल्लाका लागि लामो तथा मध्यम दूरीका यातायात सञ्चालनमा आएका हुन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै उपत्यकाका सम्पूर्ण यातायात व्यवसायीलाई नेपाल सरकारकाले तोकेको जनस्वास्थ्यका मापदण्ड पालना गरी मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालनका लागि खुला गरिएको जानकारी दिएको हो ।

मन्त्रिपरिषद्को साउन ४ गतेको निर्णय अनुसार त्रिभूवन विश्वविद्यालय, लोक सेवा आयोगलगायत विभिन्न निकायहरुहबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले विद्यार्थी तथा सर्वसाधरणलाई आवतजावत गर्न सहज बनाउन आग्रह गरिएअनुसार लामो दूरीको सवारी खुला गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

सर्वसाधरणलाई अनिवार्य टिकट काटेर मात्र यात्रा गर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न प्रशासनले आग्रह गरेको छ । कोरोना भाइरसको दोस्रो लहरका कारण गत वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा शुरू भएपछि लामो तथा मध्यम दूरीका सावारी साधन बन्द भएका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ८ : १० बजे

इजरायल र अमेरिकालाई खामेनीको सन्देश- जबरजस्ती थोपरिएको युद्ध र शान्ति दुवै मान्दैनौँ

तेहरान– इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनीले बुधबार एक महत्त्वपूर्ण

राजुनाथलाई कारबाही नगर्न उच्च अदालतको आदेश 

काठमाडौं– काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन कार्यान्वयन

देशका पाँच मुख्य राजमार्ग अवरुद्ध, तीन राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं– देशभरका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण पाँच मुख्य

बालुवाटारमा शीर्ष नेतृत्वबीच छलफल जारी

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेतृत्वबीच

टम क्रुजले पाउने भए अस्कर अवार्ड

काठमाडौं – हलिउड नायक तथा निर्माता टम क्रुजलाई मानर्थ अस्कर