नेपालगञ्जमा लागुऔषध कारोबारस्थलमै प्रहरीको छापा « Khabarhub

नेपालगञ्जमा लागुऔषध कारोबारस्थलमै प्रहरीको छापा


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा– भारतीय नागरिकले नेपालगञ्जमा कोठा भाडामा लिएर गर्दै आएको लागुऔषको कारोबारस्थलमा बाँके प्रहरीले छापा मारेको छ ।

नेपालगञ्ज उपमहनगरपालिका¬–१२ कोरियनपुरमा गएराति दुई भारतीय नागरिकसहित तीन व्यक्तिलाई ४३ ग्राम खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेपछि नेपालगञ्जमा भाडामा कोठा लिएर अवैध लागुऔषधको ठूलो कारोबार हुँदै आएको तथ्य फेला परेको हो ।

लागुऔषध ब्यूरो नेपालगञ्जले प्राप्त गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार राति नेपालगञ्ज–१२ कोरियनपुरस्थित तीनतले घरबाट भारतको बहराइच जिल्ला कोतवाली नानपारा बाइपासका २८ वर्षीय सलमान खान, भारत लखनऊ कोतवाली घर भएका २८ वर्षीय मुस्तकिम र नेपालगञ्ज¬–११ टाँगास्टेशन निवासी २१ वर्षीय आजाद कबडियालाई सो ब्राउन सुगरसहित नियन्त्रणमा लिएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

उनका अनुसार छापा मार्दा कोठाबाट लागुऔषध तौल गर्ने डिजिटल तराजुसमेत बरामद भएको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान शुरु गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ५ : १४ बजे

नेपालगञ्जको इँटा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने