कोरोना संक्रमण दर फेरि बढ्दै, एकैदिन ३ हजार ११४ संक्रमित, १६ को मृत्यु « Khabarhub

कोरोना संक्रमण दर फेरि बढ्दै, एकैदिन ३ हजार ११४ संक्रमित, १६ को मृत्यु


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ६२५ जनाको पीसीआर परीक्षणबाट २ हजार ३०९ र ४ हजार २८५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ जना गरी जम्मा ३ हजार १४४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार ६ सय ९५ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै थप २ हजार १ सय ९७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ४१ हजार ५६५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा २७ हजार ७५७ सक्रिय संक्रमित आइशोलेशनमा छन् भने ३४४ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३५ लाख २८ हजार ५१४ वटा पीसीआर र २ लाख ८६ हजार ४६४ वटा एन्टिजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसअघि हिजो २४ घण्टामा २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ४ : ४२ बजे

फिफाको निलम्बनमा पर्‍यो एन्फा, सरकार र राखेपबाट हस्तक्षेप भएको निष्कर्ष  

काठमाडौं– अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ

बीपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात  सञ्चालनको तयारी

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको काभ्रेपलान्चोक–सिन्धुली खण्डमा स्थायी रुपमा थालिएको

काठमाडौंमा वर्ल्डकप क्रेज

काठमाडौं– सात समुद्रपारि अमेरिका, क्यानडा र मेक्सिकोमा भइरहेको फुटबल विश्वकपले

११ जिल्लामा बर्ड फ्लु : ५ लाख बढी कुखुरा नष्ट

काठामाडौँ– देशका विभिन्न ११ जिल्लामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण

तातो हावाको लहर कायमै रहने सम्भावना

काठमाडौं– देशका पश्चिमी तराई क्षेत्रमा तातो हावाको लहर (हिटवेभ) को