बाँकेमा प्रहरीको छापा, लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ « Khabarhub

बाँकेमा प्रहरीको छापा, लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँके प्रहरीले दुई भारतीय नागरिकसहित ३ जनालाई ४३ ग्राम १५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । उनीहरूलाई शुक्रबार राति नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज, वडा प्रहरी कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले प्राप्त गरेको सूचनाको आधारमा शुक्रबार राति ८ बजे नेपालगञ्ज–१२ कोरियनपुर दिव्य खड्काको ३ तले घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

नेपालगञ्जमा भाडामा कोठा लिएर अबैध लागुऔषधको कारोबार गर्दै आएका भारत – बहराईच जिल्ला कोतवाली नानपारा बाईपासका २८ वर्षीय सलमान खान, भारत लखनउ कोतवाली घर भएका २८ वर्षीय मुस्तकिम सिद्दिकी र नेपालगञ्ज–११ टाँगास्टेशन बस्ने वर्ष २१ को आजाद कबडियालाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

प्रहरीले उनीहरु बस्ने कोठामा छापा मार्दा सलमानले लगाएको हाफ पाइन्टको अगाडिको पकेटबाट ४३ ग्राम १ सय ५० मिलिगाम ब्राउन सुगर र डिजिटल तराजु ३ थान र विभिन्न ब्राण्डका मोबाईलसमेत बरामद गरेको थियो ।

प्रहरी नियन्त्रणमा रहेका सलमानको साथबाट ‘दिल्ली क्राईम नेशनल न्यूज पेपर’ को नामबाट जारी प्रेस कार्डसमेत बरामद भएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ८ : २० बजे

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र