बाँकेमा प्रहरीको छापा, लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ « Khabarhub

बाँकेमा प्रहरीको छापा, लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँके प्रहरीले दुई भारतीय नागरिकसहित ३ जनालाई ४३ ग्राम १५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । उनीहरूलाई शुक्रबार राति नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज, वडा प्रहरी कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले प्राप्त गरेको सूचनाको आधारमा शुक्रबार राति ८ बजे नेपालगञ्ज–१२ कोरियनपुर दिव्य खड्काको ३ तले घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

नेपालगञ्जमा भाडामा कोठा लिएर अबैध लागुऔषधको कारोबार गर्दै आएका भारत – बहराईच जिल्ला कोतवाली नानपारा बाईपासका २८ वर्षीय सलमान खान, भारत लखनउ कोतवाली घर भएका २८ वर्षीय मुस्तकिम सिद्दिकी र नेपालगञ्ज–११ टाँगास्टेशन बस्ने वर्ष २१ को आजाद कबडियालाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

प्रहरीले उनीहरु बस्ने कोठामा छापा मार्दा सलमानले लगाएको हाफ पाइन्टको अगाडिको पकेटबाट ४३ ग्राम १ सय ५० मिलिगाम ब्राउन सुगर र डिजिटल तराजु ३ थान र विभिन्न ब्राण्डका मोबाईलसमेत बरामद गरेको थियो ।

प्रहरी नियन्त्रणमा रहेका सलमानको साथबाट ‘दिल्ली क्राईम नेशनल न्यूज पेपर’ को नामबाट जारी प्रेस कार्डसमेत बरामद भएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ८ : २० बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र