भारतमा चोरी गरी नेपाल ल्याइएका गाडीसहित दुई जना पक्राउ | Khabarhub Khabarhub

भारतमा चोरी गरी नेपाल ल्याइएका गाडीसहित दुई जना पक्राउ


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा चोरी गरी नेपाल ल्याइएका दुईवटा गाडीसहित दुई जना पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो ।

प्रहरीले बौद्धबाट दुईवटा चोरीको गाडीसहित मुस्ताङ घर भई बौद्ध बस्ने आग्या गुरुङ र भारत पश्चिम बंगाल घर भई बौद्ध बस्ने सोनाम टासी योल्मोलाई पक्राउ गरेको हो ।

बरामद गाडी भारतबाट चोरेर नेपाल ल्याएको हुन सक्ने महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए । उनका अनुसार बरामद गाडीमध्ये एउटामा नेपाली नम्बर प्लेट र एउटामा भारतीय नम्बर प्लेट नै भेटिएको थियो ।

उनीहरुले यसअघि पनि भारतीय गाडी ल्याएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान शुरु गरेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ९ : ५६ बजे

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा