धनुषामा ससुरा र बुहारीको शव फेला, छोरा पक्राउ | Khabarhub Khabarhub

धनुषामा ससुरा र बुहारीको शव फेला, छोरा पक्राउ


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– धनुषाको मिथिला बिहारी नगरपालिकामा एकै घरका ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धानका लागि छोरालाई नियन्त्रणमा लिएको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिका–५ स्थित ललियामा ५५ वर्षीय रामवृक्ष मण्डल र २१ वर्षीया अम्बिका मण्डलको शव फेला परेसँगै हत्या आशङ्कामा प्रहरीले मृतकका छोरा तथा पति ३० वर्षीय भागेश्वर मण्डललाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी जितेन्द्र बस्नेतका अनुसार घरबाट रामवृक्ष र बुहारी अम्बिका एकै पटक बेपत्ता भएको स्थानियले बताएपछि खोजतलास गर्दा शव भेटिएको थियो ।

हत्या गरेको आशङ्कामा पक्राउ परेका भागेश्वर मण्डलमाथि थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ११ : १३ बजे

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा उच्च गतिको विद्युत प्रवाह हुँदा

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी