माधव समूहलाई २० प्रतिशत पुर्‍याउन नदिने ओलीको रणनीति « Khabarhub

माधव समूहलाई २० प्रतिशत पुर्‍याउन नदिने ओलीको रणनीति

१४ जनाको हस्ताक्षरलाई मान्यता नदिन निर्वाचन आयोगको ध्यानाकर्षण


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आन्तरिक विवादमा फसेको सबैभन्दा ठूलो दल नेकपा (एमाले) औपचारिक रुपमै विभाजित बनेको छ तर वैधता भने पाइसकेको छैन ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । बुधबार सो विषयमा निर्वाचन आयोगमा सनाखत हुँदैछ।

सनाखतपछि सो दलले मान्यता पाउने छ । त्यसैले एमालेले माधव समूहलाई अध्यादेशमार्फत सहज पारिएको विभाजनको प्रक्रियालाई पनि रोक्ने रणनीति लिएको छ । राजनीतिक दल सम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेर विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

अध्यादेशको यो व्यवस्थापछि माधव समूहले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको छ । नेता नेपालले संसदीय दल र केन्द्रीय सदस्यको संख्या २० प्रतिशत पुर्‍याइने बताएका छन् । उनले मंगलबारमात्र पत्रकार सम्मेलन गरेर दुबैतर्फ आवश्यक संख्या पुर्‍याइने बताएका छन् ।

तर एमालेले भने माधव समूहलाई २० प्रतिशत संख्या पुग्न नदिन विभिन्न प्रयास गरिरहको छ । दल विभाजनमा नलागेकालाई कारबाही नगर्ने आव्हान गरेको एमालेले मंगलबार निर्वाचन आयोगको पनि ध्यानाकर्षण गराएको छ ।

मंगलबार एमाले नेताहरू निर्वाचन आयोग पुगेर पार्टीले कारबाही गरेका १४ जनाको हस्ताक्षरलाई मान्यता नदिन ध्यानाकर्षण गराएका छन् । एमाले केन्द्रीय सदस्य अग्नि खरेललगायतका नेताहरू आयोग पुगेका हुन् ।

उनीहरूले माधवकुमार नेपाललगायत १४ जनालाई नयाँ दल दर्ताको निवेदन दिनुअघि नै कारबाही गरिएको भन्दै उनीहरूले दल विभाजनमा हस्ताक्षर गर्न नपाउने जिकिर गरेका हुन् ।

माधव समूहले भदौ २ मा नयाँ दलका लागि आयोगमा निवेदन दिएको थियो भने नेता नेपाललगायत १४ जनालाई एमालेले भदौ १ मा कारबाही गरेको थियो । १४ जनालाई सांसद पदबाट मुक्त गर्नसमेत एमालेले संसद सचिवलायमा जानकारी गराएको छ । तर, उनीहरूको पदमुक्त गरिएको सूचना सचिवालयले टाँसेको छैन ।

यही विषयलाई लिएर एमाले सांसदहरूले सभामुख अग्नि सापकोटाको कार्यकक्षमा धर्नासमेत दिएका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  २ : ५२ बजे

संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु

काठमाडौं– नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घले सन् २०२८–२०३२ अवधिका लागि

वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश

काठमाडौं– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अवरुद्ध कालीगण्डकी करिडोर पुनः सञ्चालन

गण्डकी– पहिरोका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ

पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति’ पत्रकारिता पुरस्कार

भक्तपुर– यस वर्षको ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका पत्रकार

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको