चिकित्सा शिक्षा आयोगलाई कलेज सञ्चालकले बुझाए चाबी « Khabarhub

चिकित्सा शिक्षा आयोगलाई कलेज सञ्चालकले बुझाए चाबी


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिकित्सा शिक्षा आयोगले पहिलो पटक लिएको स्नातक तहतर्फको एकीकृत प्रवेश परीक्षामा असन्तुष्ट जनाउँदै कलेज सञ्चालकहरूले चिकित्सा शिक्षा आयोगलाई चाबी बुझाएका छन ।

निजी स्तरबाट सञ्चालित कलेजहरूलाई बन्द गर्ने सुनियोजित ढंगबाट आयोगले निर्धारित सीट संख्याभन्दा पनि कम विद्यार्थी उर्तीण गराएको उनीहरूको आरोप छ ।

चिकित्सा शिक्षा र नियमावलीमा कतै पनि प्रवेश परीक्षामा उर्तीण प्रतिशत उल्लेख नभएको अवस्थामा प्रवेश परीक्षा समितिका नाममा स्वविवेकीय सोचबाट प्रवेश परीक्षा दिने विद्यार्थीहरूले भने अनुसार कठिन प्रश्नपत्र बनाई ५० प्रतिशत ल्याउने बाध्यकारी कार्यविधि बनाइ अनुत्तीर्ण गराउने काम आयोग गरेको सञ्चालकहरूले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोगले लिएको प्रवेश परीक्षामा बीएससी नर्सिङ, बीएससी एमएलटी, बीपीएचलगायत विषयहरूमा तोकिएको सीट संख्याभन्दा निकै कम विद्यार्थी उत्तीर्ण भएका थिए ।

सिट संख्याभन्दा कम विद्यार्थी उत्तीर्ण भएपछि कलेज सञ्चालकहरूले आयोगले सुनियोजित ढंगले कलेज बन्द गराउने रणनीति लिएको भन्दै उत्तीर्ण प्राप्ताङक ३५ प्रतिशतमा झार्नुपर्ने माग राखेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत नर्सिङ तथा पारामेडिक्स कलेजहरूको छाता संगठन एलाइड साइन्स इस्टिच्युट एशोसियसनका अध्यक्ष यमप्रसाद अधिकारीले आयोगले नियतबस नै कोटाभन्दा पनि कम उत्तीर्ण हुने मापदण्ड बनाइ परीक्षा सञ्चालन गरिएको आरोप लगाए ।

पारामेडिक्सको प्रवेश परीक्षामा न्यूनतम ३५ प्रतिशत उत्तिर्णाङ्क ल्याएका विद्यार्थीलाई योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना गर्न पाउनुपर्ने सञ्चालकहरूको माग छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ३ : ३९ बजे

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये