एमाले स्थायी कमिटी बैठक जारी, भीम रावलहरु पुस ५ पछि पहिलो पटक ओलीसँगै बैठकमा « Khabarhub

एमाले स्थायी कमिटी बैठक जारी, भीम रावलहरु पुस ५ पछि पहिलो पटक ओलीसँगै बैठकमा


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले स्थायी कमिटीको बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी छ । विभाजनको औपचारिकता पाउन लागेको एमालेको स्थायी कमिटी बैठक बसेको हो । माधवकुमार नेपालको अगुवाईमा एमालेलाई विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) गठनको प्रक्रिया शुरु भएपछि एमालेको पहिलो पटक स्थायी कमिटी बैठक बसेको हो । यो बैठकमा विभाजनअघि माधव समूहमा रहेका १० जना स्थायी किमटी सदस्यहरु एमाले बैठकमा सहभागी भएका छन् ।

उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिब घनश्याम भुसाल, सचिवहरु भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, अमृतकुमार बोहोरा र रघुजी पन्त बैठकमा सहभागी भएका हुन् । यी नेताहरु गत पुस ५ मा तत्कालिन ओली सरकारले प्रतिनिधिसभा विघटन गरेपछि पहिलो पटक एमाले अध्यक्ष ओलीसँगको एमालेको बैठकमा सहभागी भएका हुन् ।

यो बैठकले यसअघि कार्यदल स्तरमा भएको १० बुँदे सहमतिका विषयमा महत्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ३ : ५८ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक