रोम विधान अनुमोदन गर्न सरकारलाई आग्रह « Khabarhub

रोम विधान अनुमोदन गर्न सरकारलाई आग्रह


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मानवअधिकार तथा शान्ति समाजले रोम विधान अनुमोदन गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । समाजको एक प्रतिनिधिमण्डलले मंगलबार कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेटेर संक्रमणकालीन न्याय, मानव धिकार, शान्ति एवं समसामयिक विषयमा ध्यानाकर्षण रोम विधान अनुमोदन गर्न आग्रह गरेको हो ।

कानुन, न्याय तथा संसदीय मन्त्रालय सिंहदरबारमा भएको छलफलमा संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउन, यस सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला, अन्तर्राष्ट्रिय मानवअधिकार एवं मानवीय कानुनको मर्म अनुरुप ‘बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन’ लाई शिघ्र संसोधन गर्न शान्ति समाजले आग्रह गरेको छ ।

यसैगरी नेपाल राज्यपक्ष भएका मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुरुप कानुन निर्माण तथा परिमार्जन तदारुकताका साथ गर्न जोड दिँदै अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानलाई अनुमोदन गर्न आग्रह गरेको हो ।
प्रतिनिधिमण्डलमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, महासचिव रामकृष्ण बराल, केन्द्रीय सदस्य कृष्णनारायण श्रेष्ठ लगायत संलग्न थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ५ : ३० बजे

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौं– आज असार १५, राष्ट्रिय धान दिवस । देशभर किसान

विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालत लगियो

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका

सुकी जीवित भएको प्रमाण माग

एजेन्सी– म्यान्माकी बन्दी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीका कान्छा छोरा

एउटै प्रकृतिका बेरुजु वित्तीय अनुशासनका लागि चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले हरेक वर्ष एउटै प्रकृतिका बेरुजु दोहोरिनु

‘असारे पानी साउने झरी’ गीत सार्वजनिक

काठमाडौं- राष्ट्रिय धान दिवस तथा पन्ध्र असारको अवसर पारेर चितवनका गायक