नेप्सेका सीईओ साउदले राजीनामा दिए « Khabarhub

नेप्सेका सीईओ साउदले राजीनामा दिए


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले पदबाट मंगलबार राजीनामा दिएका छन् । उनले मंगलबार अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका छन् । राजीनामा दिएको उनले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

सर्वोत्तम सिमेन्टको शेयर प्रकरणमा विवादमा तानिएका उनलाई अर्थमन्त्रालयले स्पष्टीकरण सोधेको थियो । अर्थले लगातार स्पष्टीकरण सोधेपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिंगमार्फत आईपीओ जारी गर्ने तयारी गरिरहेका बेला साउँदले आफ्नो श्रीमतिको नाममा सो सिमेन्ट कम्पनीको शेयर किनेका थिए । उनले गोल्डेन शेयरका रुपमा सो शेयर पाएको आरोप लागेको छ ।

नेप्सेका सीआईओ साउदसँगै धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले पनि गोल्डेन शेयर लिएको आरोप लागेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ५ : २४ बजे

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले