अहिलेको शासन प्रणालीले मुलुक धान्दैन : कमल थापा « Khabarhub

अहिलेको शासन प्रणालीले मुलुक धान्दैन : कमल थापा


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको शासन प्रणाली मुलुकले धान्न नसक्ने बताएका छन् ।

विदेशीको उक्साहटबाट लादिएको प्रणाली भन्दा सम्बर्द्धनवादको जगमा टेकेर नेपाललाई समृद्धिको बाटोमा लैजानुपर्ने भन्दै थापाले सनातन मूल्य मान्यता, गौरवशाली इतिहास र परम्परालाई भत्काएर मुलुक नबन्ने ठोकुवा गरे ।

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतामा पुनर्विचार नगरी नहुने भन्दै थापाले मुलुकलाई स्वाधीन र समृद्धिको बाटोमा लैजाने नीति सम्बर्द्धनवाद भएको बताए ।

राप्रपा निषेधको राजनीतिबाट नभई सबैलाई समेटेर उदारतापूर्वक मुलुक निर्माणमा जुट्ने शक्ति भएको भन्दै थापाले काङ्ग्रेस कम्युनिस्टको विकल्प भनेकै राप्रपा भएको बताए ।

मुलुकको आवश्यता अनुसार राज्य ब्यवस्था लागू गर्दा दीगो र टिकाउ हुनेमा कसैको स्वार्थ पूरा गर्न षड्यन्त्रपूर्वक लादिएको प्रणालीले मुलुक र जनताको हित नहुने उनको भनाइ थियो। आज पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले महाधिवेशन केन्द्रित हुन नेता कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ८ : ४५ बजे

संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु

काठमाडौं– नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घले सन् २०२८–२०३२ अवधिका लागि

वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश

काठमाडौं– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अवरुद्ध कालीगण्डकी करिडोर पुनः सञ्चालन

गण्डकी– पहिरोका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ

पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति’ पत्रकारिता पुरस्कार

भक्तपुर– यस वर्षको ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका पत्रकार

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको