विभाजन रोकेर पार्टी एकतामा आउन एमालेको आह्वान | Khabarhub Khabarhub

विभाजन रोकेर पार्टी एकतामा आउन एमालेको आह्वान

१० बुँदे सहमति कार्यान्वयनका लागि कार्यदल गठन


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– औपचारिक रुपमा विभाजन भएको नेकपा एमालेको विभाजन रोक्न एमालेको मंगलबार बसेको स्थायी कमिटी बैठकले आह्वान गरेको छ । एमालेलाई विभाजन गराएर माधवकुमार नेपालको अगुवाईमा नयाँ दल गठनका लागि बुधबार निर्वाचन आयोगमा सनाखत हुनुभन्दा अघिल्लो दिन एमालेले विभाजन रोकेर पार्टी एकतामा आउन आह्वान गरेको हो ।

तुलसिलाल स्मृत प्रतिष्ठानको भवन च्यासलमा मंगलबार बसेको बैठकले पार्टी विभाजन रोक्न आह्वान गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । उनका अनुसार दल विभाजन रोकेर पार्टीको मुलप्रवाहमा फर्किनेलाई कुनै पूर्वाग्रह नराखी कारबाही नगरिनेसमेत बैठकले निर्णय पारित गरेको छ ।

मंगलबारको बैठकले तीनवटा प्रस्ताव पारित गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए । उनका अनुसार १० बुँदे सहमति कार्यान्वयनका लागि विभिन्न ८ वटा निर्णय गरिएको छ । २०७५ जेठ २ गते अघिको जिम्मेवारी अनुसार क्रियाशील हुन केन्द्रदेखि स्थानीय तहसम्मका पदाधिकारी तथा सदस्यलाई निर्देशन दिइएको छ ।

यस्तै १० बुँदे सहमतिलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा गृहकार्य गर्न कार्यदल गठनसमेत गरिएको छ । उपाध्यक्ष भीम रावल, महासचिब ईश्वर पोखरेल, उपमहासचिब विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र स्थायी कमिटी सदस्य लेखराज भट्टराई कार्यदलमा रहेका छन् ।

यस्तै २०७५ जेठ २ गते अगाडिको अवस्थाकै आधारमा पार्टीको संगठित सदस्यता नवीकरण गर्ने र त्यसपछिको अवधिमा एमालेमा प्रवेश गरेकाहरुको पनि संगठित सदस्यता नवीकरण गर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए । असोज मशान्तसम्म सदस्यता नवीकरण गरिसक्ने निर्णय गरिएको छ ।

यस्तै पार्टीको विधान महाधिवेशन असोज ४, ५ र ६ गते काठमाडौंमा गर्ने र १० औं राष्ट्रिय सम्मेलन मंसिर १०, ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय गरिएको उनले जानकारी दिए । यस्तै कात्तिक ६ मा देशभरका वडा अधिवेशन र ९ गते स्थानीय तहको अधिवेशन गर्ने निर्णय गरिएको छ ।

यस्तै बैठकले यही भदौ १६ देखि २० गतेसम्म सबै जिल्लामा भेला आयोजना गर्ने निर्णय गरिएको छ ।

यस्तै विधान महाधिवेशन लगायतका विषयमा छलफल गर्न भदौ १० का लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ६ : ३५ बजे

प्रचण्डको दाबी- कालापानी-लिपुलेकबारे भारतसँग सिधासिधा कुरा गर्ने प्रधानमन्त्री मै हुँ

विराटनगर- प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष

श्रमदानमा दुई दशकअघि बनेको शहीद मार्गमा स्मृतिद्वार

सुनसरी – सुनसरीको इटहरीदेखि पश्चिम लागेपछि पकली आइपुग्छ । पकलीबाट

ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर

काठमाडौँ – अमेरिकाले चर्को भन्सार महसुल (ट्यारिफ) लगाएपछि उत्पादन र

बीपीको त्यो प्रश्न : जसले गिरिजाप्रसादलाई काँग्रेस बनायो  

काठमाडौं– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्दलीय पञ्चायती