तालिबान नेतालाई भेट्न सीआईएका निर्देशक सुटुक्क काबुलमा « Khabarhub

तालिबान नेतालाई भेट्न सीआईएका निर्देशक सुटुक्क काबुलमा


८ भदौ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अमेरिकी गुप्तचर एजेन्सी सीआईका निर्देशकले तालिबान नेतालाई गोप्य रुपमा भेटेका छन् । सोमबार सीआईएका निर्देशकले काबुलमा तालिबान नेता अब्दुल गनी बरादरलाई भेटेको अमेरिकी पत्रिका वासिङ्टन पोस्टले सीआईएका निर्देशकले तालिबान नेतालाई भेटेको समाचार प्रकाशित गरेको छ ।

अफगानिस्तानमा तालिबानको कब्जापछि कुनै उच्च अमेरिकी अधिकारी र तालिबान नेताबीच भएको यो पहिलो उच्चस्तरीय भेट हो ।

वासिङ्टन पोस्टका अनुसार सीआईएका निर्देशक विलियम जे बन्र्स गोप्य भेटका लागि काबुल पुगेका थिए । २० वर्ष लामो युद्ध त्यागेर अमेरिकी सेना अफगानिस्तानबाट फर्किएपछि तालिबानको पुनरोदय भएको छ । यही अगस्ट ३१ सम्म अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रुपमा फर्किने छ । (एजेन्सी)

प्रकाशित मिति : ८ भदौ २०७८, मंगलबार  ७ : ०० बजे

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको