पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन पाँच विद्यार्थी सङ्गठनको माग « Khabarhub

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन पाँच विद्यार्थी सङ्गठनको माग


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाँच विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् ।

ती सङ्गठनले आज एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले सम्पूर्ण तथ्य र तथ्याङ्कलाई लुकाएर अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको अवस्थामा नेपालमा बढाइएको भन्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका हुन् ।

जनतालाई नकारात्मक असर पर्ने कुनै पनि निर्णय नगर्न खबरदारी गर्नुका साथै सार्वजनिक यातायातको भाडामा गरिएको २८ प्रतिशत वृद्धिलाई फिर्ता लिन पनि माग गरेको नेविसंघ महामन्त्री दीपक भट्टराईले बताए ।

यस्तै, पाँच विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य मापदण्ड अपनाएर विभिन्न तहको परिक्षा सञ्चालन गरिरहेको भन्दै कक्षा १२ को परीक्षा तालिका पनि चाँडो सार्वजनिक गर्न माग गरेको छ ।

कक्षा १२ को परीक्षा नहुँदा विद्यार्थीको भविष्य अन्योलमा परेको, मानसिक तनावमा परेको, शैक्षिक क्यालेण्डर ध्वस्त हुने अवस्था आएको भन्दै परीक्षा तालिका सार्वजनिक गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुङ्गाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैटौँका अध्यक्ष विमल पोखरेलको हस्ताक्षर छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ९ : ०१ बजे

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको