मागअनुसारका मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय « Khabarhub

मागअनुसारका मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- मोटरसाइकल चोरी गर्ने गिरोहले मागअनुसारका मोटरसाइकल चोरी गर्ने गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार मोटरसाइकल चोरी गर्ने गिरोहले ग्राहकको चाहनाअनुसारको मोटरसाइकल चोरी गर्ने गरेका हुन् ।

मोटरसाइकल चोरीमा संलग्न भएकालाई सार्वजनिक गर्ने क्रममा बिहीबार आयोजित कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले मोटरसाइकल चोरी गर्ने गिरोहले मागअनुसारको मात्रै मोटरसाइकल चोरी गर्ने गरेको पाइएको बताए । पक्राउ परेकाहरुको वयान उद्धृत गर्दै उनले भने, ‘ग्राहकको मागअनुसारका ब्राण्ड, रङ, मोडल खोजीखोजी चोरी गरेको पाइयो ।’

कार्यालयले विगत एक महिनादेखि सुरु गरेको अप्रेसन माइक चार्ली अभियानका क्रममा पक्राउ परेका १४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । यसक्रममा आठ मोटरसाइकल र रु ९१ हजार नगदसमेत बरामद गरिएको अधिकारीले जानकारी दिए।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ९ : २४ बजे

रविको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको

गुठी संस्थानविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं– गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ

डडेलधुरा पुगेर बालेन लेख्छन्- सुदूर अब दूर नाई…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कांग्रेसको चुनावी नीति : जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय पुग्यो

काठमाडौं – स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको