वडा कार्यालय आगजनी गर्नेलाई कारबाही गर्न माग « Khabarhub

वडा कार्यालय आगजनी गर्नेलाई कारबाही गर्न माग


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- वीरेन्द्रनगर नगरपालिका-१ नं वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी गर्ने व्यक्तिलाई कडा कारबाही गर्न माग गरिएको छ ।

बुधबार वडा कार्यालय पुगेका एक अज्ञात व्यक्तिले कार्यालयको टेलिफोन प्रयोग गरी वडाध्यक्ष गङ्गाराम सुनारलाई धम्क्याउनाका साथै उहाँको कार्यकक्षमा आगजनी गरेका थिए । आगजनी गरेलगत्तै फरार ती व्यक्तिको प्रहरीले खोजी तीव्र पारेको जनाएको छ ।

नगरप्रमुख देवकुमार सुवेदीले विज्ञप्ति जारी गर्दै प्रत्यक्ष जनतासँग सम्बन्धित कार्यालयमा आगो लगाउने, जनप्रतिनिधि र कर्मचारीको मनोबल गिराउने हर्कत गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी हदैसम्म सजायको माग गरेका छन् ।

नगरपालिकाले कार्यालयमा पेट्रोल छर्केर आगजनी गर्ने कार्यलाई गम्भीर अपराध भन्दै विज्ञप्तिमार्फत घटनाको घोर भत्र्सना गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  १० : ४६ बजे

रविको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको

गुठी संस्थानविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं– गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ

डडेलधुरा पुगेर बालेन लेख्छन्- सुदूर अब दूर नाई…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कांग्रेसको चुनावी नीति : जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय पुग्यो

काठमाडौं – स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको