काठमाडौँ-राष्ट्रियसभाको दोस्रो बैठक सुरु भएको छ ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध जारी छ ।
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गरिएको छ ।
छलफलमा कसैले पनि भाग लिन नचाहेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक निर्णयार्थ पेश गरेका थिए ।
प्रतिक्रिया