राष्ट्रिय केन्पो खुकुरी मार्शलआर्ट्स सुरु « Khabarhub

राष्ट्रिय केन्पो खुकुरी मार्शलआर्ट्स सुरु


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल केन्पो खुकुरी मार्शलआर्ट्स संघको आयोजनामा प्रथम राष्ट्रिय केन्पो खुकुरी मार्शलआर्ट्स च्याम्पियनसिप शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ ।

प्रतियोगिताको राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा प्रदेश १ बाहेक ६ प्रदेशका १ सय खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेले जनाएका छन् । विभिन्न ४ विधा फुल केन्पो, सेमि केन्पो, सेल्फ डिफेन्स र खुकुरी कातामा प्रतिस्पर्धा भइरहेको छ ।

सेमि केन्पोको पुरुष ५०–५४ केजीमा सुदूरपश्चिम प्रदेशका सुनिल बोहरा पहिलो भए । उनले फाइनलमा बागमती प्रदेशका दीपक पाण्डेलाई पराजित गरे । सेमि केन्पोको महिला ४५–४९ केजीमा कर्णाली प्रदेशकी ज्योति विकले बागमतीकी पुष्पा श्रेष्ठलाई हराउँदै स्वर्ण जितिन् ।

सोही स्पर्धाको पुरुषमा सुदूरपश्चिमका सञ्जय रोकायाले पहिलो स्थान हात पारे । उनले फाइनलमा गण्डकी प्रदेशका सन्जिव राईको चुनौती पन्छाए।

फुल केन्पोको पुरुष ५५–५९ केजीमा कर्णालीका राजेन्द्र शाहीले बागमतीका सुमन याखालाई फाइनलमा पाखा लगाउँदै शीर्ष स्थान हात पारे।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ९ : १५ बजे

आज २०८३ साल असोज १४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै