कोरोना संक्रमणले वडाध्यक्षको निधन « Khabarhub

कोरोना संक्रमणले वडाध्यक्षको निधन


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- जिल्लाको तारकेश्वर गाउँपालिका–४ का वडाध्यक्ष राममणि अधिकारीको निधन भएको छ ।

कोरोना सङ्क्रमित भएर काठमाडौँस्थित मनमोहन अस्पतालमा उपचार गराउँदै आएका ७७ वर्षीय अधिकारीको आज बिहान निधन भएको गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले जानकारी दिए ।

गत असार दोस्रो साता सङ्क्रमणपश्चात अवस्था गम्भीर भएसँगै उनलाई अस्पताल भर्ना गरिएको थियो । कोरोनामुक्त भए पनि फोक्सो र कलेजोमा समस्या देखिएर अस्पतलामा उपचारत थिए ।

नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित उनी यसअघि सोही पार्टीबाट हाल वडा नं ४ रहेको साविक बुधसिंह गाविसबाट दुईपटक गाविस अध्यक्ष थिए।

एमालेमा आबद्ध रहेर लामो समयसम्म पार्टीको जिम्मेवारी पूरा गरेका वडाध्यक्ष अधिकारीको निधनले स्तब्ध बनाएको पार्टीका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाले बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १० : ३० बजे

दार्चुलाको छाङरु र तिंकरको निर्वाचन खलङ्गामै हुने

दार्चुला– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यास गाउँपालिका–१ छाङरु र

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले

आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन

गण्डकी– घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई

जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी

जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत

काँक्रेविहार– जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ ।