‘कालो सुन’ का रुपमा लिइने अलैँचीको उत्पादन ४० प्रतिशत घट्यो « Khabarhub

‘कालो सुन’ का रुपमा लिइने अलैँचीको उत्पादन ४० प्रतिशत घट्यो


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – कुनै बेला ‘कालो सुन’ को नामले चिनिएको अलैँचीको किसानको अवस्था केही वर्षयता खस्किएको छ । कुनैबेला प्रतिमन एक लाख २० हजारसम्म पुगेको अलैँचीको मूल्य खस्कँदै २४ हजार रुपैयाँसम्म आयो । कहिले मूल्य घट्ने त कहिले उत्पादन । यस्तै समस्याबाट गुग्रिएका छन्, अलैँची उत्पादक किसान ।

राज्यले अलैँचीको विकास र व्यवपार विस्तारमा ध्यान नदिँदा अलैँची कृषक र व्यवसायी समस्यामा छन् । अन्तर्राष्ट्रिय बजार भएको नेपाली कृषि उत्पादन अलैँचीको बजारका लागि कृषक र व्यवसायीले भारतको मात्र भरपर्नुपर्ने बाध्यता छ । अलैँची तेस्रो देश निर्यात गर्न समस्या नै समस्या छ । अलैँचीको अन्तर्राष्ट्रिय व्यापार पूर्वीनाका काँकडभिट्टाबाट हुँदै आएको छ । ९० प्रतिशत अलैँची भारतीय बजारमा जान्छ ।

बंगलादेशमा भन्सार शुल्क बढी हुँदा नेपाली अलैँची बंगलादेश जान सकेको छैन । निर्यातमा विभिन्न कारणले तेस्रो देश निर्यात हुन सकेको छैन । भारतमा पनि सुकमेलका कारण अलैँचीको मूल्य निरन्तर खस्कँदै गएको छ । सधैँ मूल्य नपाएर हैरानी खेपेका किसानलाई यसपटक भने अलैँचीको उत्पादन घटेर सस्या भएको छ । अलैँची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्कीका अनुसार यस वर्ष गत वर्षको तुलनामा ४० प्रतिशत अलैँचीको उत्पादन घटेको छ ।

गत वर्ष नेपालभर करिब ६० लाख केजी अलैँची उत्पादन भएको उनले बताए । यस वर्ष यसको ४० प्रतिशत अलैँचीको उत्पादन घटेको अध्यक्ष कार्कीले बताए । ‘औलतिरको अलैँची बजारमा आए । ४० प्रतिशत उत्पादन घटेको देखिन्छ । लेकतिरबाट पनि आउने क्रम छ,’ उनले भने, ‘लेकमा पनि अलैँचीको उत्पादन घटेको देखिन्छ । समग्रमा हेर्दा करिब ४० प्रतिशत अलैँचीको उत्पादन घटिरहेको छ ।’

खडेरी र अलैँचीको गानोमा रोग लाग्दा उत्पादन घटेको अध्यक्ष कार्कीले बताए । ‘यसपटक समयमा पानी परेन । खडेरी लागेका कारण उत्पादन घटेको अनुमान गर्न सकिन्छ,’ उनले भने, ‘राज्यले अलैँची बगानमा सिँचाइको सुविधान पुर्‍याउन पर्‍यो । अनि मात्र अलैँची उत्पादनमा वृद्धि हुन्छ ।’

पूर्वी नाकाबाट हुने नेपाली उत्पादनको निर्यातको ५० प्रतिशत हिस्सा अलैँचीले ओगट्दै आएको छ । तर, राज्यले यसको व्यापार प्रवद्र्धनमा बेवास्ता गर्दा अलैँचीले बजार नपाएको उनको भनाइ छ । यसपटक उत्पादन घटे पनि अलैँचीको मूल्य बढेको छ । बजारमा अहिले चलनचल्तीको अलैँचीको मूल्य प्रतिमन ४२ हजार पुगेको छ।

उत्पादन घटे पनि अलैँचीको मूल्य बढ्दा किसानले राहत पाएका छन् । भारतमा समेत अलैँचीको उत्पादन घटेकाले नेपाली अलैँचीले मूल्य पाएको उनले बताए । तर, उत्पादन घटेर मूल्य बढ्नु समस्याको समाधान नभएको अध्यक्ष कार्की बताउँछन् । ‘अहिले उत्पादन घटेर मूल्य बढेको छ । यो स्थायी समाधान हैन । अलैँचीको नयाँ बजार नखोजे मूल्यको स्थायी समाधान हुन सक्दैन,’ उनी भन्छन्, ‘ नयाँ बजार खोज्ने राज्यले हो । हामीले त आग्रह मात्र गर्न सक्छौँ । बंगलादेशमा अलैँची जान सकेको छैन । युएई लैजान पनि समस्या छ । खर्चिलो भएका कारण ठूलो परिणाममा लैजान सकिएको छैन ।’

उनका अनुसार नेपालको ४३ जिल्लामा अलैँची खेती हुँदै आएको छ । परिणामको हिसाबले ताप्लेजुङमा सबैभन्दा धेरै अलैँची फल्छ । कुल उत्पादनको ४० प्रतिशत अलैँची तप्लेजुङमै उत्पादन हुने गरेको महासंघ अध्यक्ष कार्कीले जानकारी दिए । गुणस्तरको हिसाबले संखुवासभाको अलैँची पहिलो हो । पूर्वीनाका काँकडभिट्टाबाट अलैँचीको निर्यात हुने भएकाले अलैँचीको राजधानी बिर्तामोडलाई मानिँदै आएको छ । बिर्तामोडमा दैनिक अलैँचीको कारोबार हुँदै आएको महासंघ अध्यक्ष कार्कीले बताए ।

-न्यूज कारखानाबाट

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ११ : १६ बजे

दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल

बागमती– सत्तारुढ दलबीच सहमति नहुँदा बागमती प्रदेशसभाको सभामुख चयन प्रक्रिया

झापामा ‘स्विप अपरेसन’ एक सय अट्ठाइस जना पक्राउ

झापा– लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्ध प्रहरीले सञ्चालन गरेको ‘स्विप अपरेसन’

नेपालले युएईलाई दियो २०१ रनको चुनौती

काठमाडौं– आजदेखि काठमाडौँमा सुरु भएको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगितामा

भूकम्पको एक दशक : राहतका घरमा ताला ठोकेर स्थानीय सहरतिर, गाउँ रित्तै

दोलखा – २०७२ साल वैशाख १२ गते अर्थात त्यो कालो

इजरायल-लेबनान वार्ता प्रयाससँगै क्षेत्रीय तनाव अझ गहिरिँदै

एजेन्सी– युरोपेली परिषद्का अध्यक्ष एन्तोनियो कोस्टाले जलडमरूलाई कुनै पनि प्रतिबन्ध