शिक्षिका मृत फेला परेपछि एमालेको वडा अधिवेसन स्थगित « Khabarhub

शिक्षिका मृत फेला परेपछि एमालेको वडा अधिवेसन स्थगित


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – शिक्षिका मृत फेला परेपछि खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरमा एमालेको वडा अधिवेसन स्थगित भएको छ । हौंचुरस्थित जनता आधारभूत विद्यालयमा निजी स्रोतमा कार्यरत २७ वर्षीय शिक्षिका कृष्णा श्रेष्ठ ६ कात्तिक बिहान गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि एमालेको वडा अधिवेसन स्थगित गरिएको हो ।

शिक्षिका मृत फेला परेपछि अधिकांश प्रतिनिधि सोही घटनाको अनुसन्धानमा व्यस्त भएपछि ८ कात्तिकमा गर्ने गरी वडा अधिवेसन सारिएको एमालेबाट निर्वाचित वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले बताए । ६ वडा रहेको रावाबेँसी गाउँपालिकाका अन्य वडामा भने ६ कात्तिकमै वडा अधिवेसन सम्पन्न भएको छ । दुई नगरपालिका र आठ गाउँपालिकाको ७९ वडामध्ये शनिबार ६८ वडाको अधिवेसन सर्वसम्मत ढंगले टुंगिएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी अधिवेसनको बन्दसत्र आइतबार हुने एमालेले जनाएको छ ।

शनिबार उद्घाटन गरेर बन्दसत्र एक दिनपछि सारिएको हो । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र हलेसी तुवाचुङ नगरपालिका–८ धितुङको वडा अधिवेसन भने ८ कात्तिकमा सारिएको नेकपा एमाले खोटाङका सचिवालय सदस्य सुरेन्द्रकुमार राईले बताए । वडा अधिवेसनको तयारी नपुगेको भनिए पनि त्यही वडामा सदस्यता विवाद रहेको बताइएको छ ।

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडा अधिवेसन पनि स्थगित भएको छ । साकेला गाउँपालिका–५ मात्तिम र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माको वडा अधिवेसनको बन्दसत्र आइतबार चल्ने एमालेका जिल्ला अध्यक्ष रामप्रसाद दंगालले बताए ।

आसन्न १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेको वडा अधिवेसनबाट जिल्लाका २ हजार ४४९ जना वडास्तरीय नेता तथा कार्यकर्ताले वडा कमिटीमा नयाँ जिम्मेवारी पाउँदैछन् । प्रतिवडा ३१ सदस्यीय वडा कमिटीमा वडास्तरीय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउन लागेका हुन् । वडा अधिवेसनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिवसहित सदस्य चयन गर्ने छन् ।

९ कात्तिकमा पालिका अधिवेशन हुने एमालेले जनाएको छ । एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।

न्युज कारखानाबाट

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ११ : ४८ बजे

झापामा ‘स्विप अपरेसन’ एक सय अट्ठाइस जना पक्राउ

झापा– लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्ध प्रहरीले सञ्चालन गरेको ‘स्विप अपरेसन’

नेपालले युएईलाई दियो २०१ रनको चुनौती

काठमाडौं– आजदेखि काठमाडौँमा सुरु भएको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगितामा

भूकम्पको एक दशक : राहतका घरमा ताला ठोकेर स्थानीय सहरतिर, गाउँ रित्तै

दोलखा – २०७२ साल वैशाख १२ गते अर्थात त्यो कालो

इजरायल-लेबनान वार्ता प्रयाससँगै क्षेत्रीय तनाव अझ गहिरिँदै

एजेन्सी– युरोपेली परिषद्का अध्यक्ष एन्तोनियो कोस्टाले जलडमरूलाई कुनै पनि प्रतिबन्ध

विस्थापित सुकुमबासीबारे पोखरेल- नियम मात्रै होइन, विकल्प पनि चाहिन्छ

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले थापाथलीस्थित बागमती किनारको बस्ती