सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान– सल्यानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । राप्ती राजमार्गको मुलपानीमा जिप दुर्घटना हुँदा स्यानको बागचौर नगरपालिका–१ थारमारेका १८ वर्षीय आशिष बस्नेतको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका बस्नेतको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरिक्षक अर्जुन पौडेलले जानकारी दिए ।

सन्यानको थारमारेबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको भे १ च १८९० नम्बरको डबल क्यापजिप आइतबार कपुरकोट गाउँपालिका–३ मुलपानीमा दुर्घटना भएको हो ।

दुर्घटनामा सात जना घाइते भएका छन् । घाइतेमध्ये बबिता रावललाई थप उपचारका लागी नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । जिप तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  २ : १० बजे

तत्काल सम्झौता भए इरानमाथिको हमला रोक्न ट्रम्प तयार

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘द्रुत गतिमा’ कूटनीतिक

युवा टोलीमा अनुभव थप्ने चेल्सीको नयाँ रणनीति : ३५ वर्षका वेलबेक अनुबन्धित

लन्डन – इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले ब्राइटनका भेट्रान स्ट्राइकर

बुटवल ‘अटोभिलेज’ पुराना सवारीको ‘डम्पिङ साइट’ बन्दै (तस्बिर)

बुटवल– गाडी मर्मतका लागि परिचित ठाउँ हो, बुटवलको ‘अटोभिलेज’ ।

अविश्वासको प्रस्तावदेखि राजीनामासम्म : कसरी हट्न सक्छन् जियानी इन्फान्टिनो ?

लन्डन – अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनो

पुराणको रकमबाट घाट निर्माण

झापा– बिर्तामोड नगरपालिका–८ स्थित देउनिया खोलामा स्थानीयवासीको सक्रियता र पुराणबाट