भारतका लागि खतरा बन्न सक्ने तीन पाकिस्तानी खेलाडी ! « Khabarhub

भारतका लागि खतरा बन्न सक्ने तीन पाकिस्तानी खेलाडी !


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युएई र ओमानमा जारी टी-२० विश्वकप क्रिकेटमा आइतबार भारत र पाकिस्तान खेल्दै छन्। विश्वकपको सुपर १२ अन्तर्गत आज साँझ ७:४५ मा दुबई इन्टरनेसनल स्टेडियममा यी दुई टीम भिड्ने छन्।

पाकिस्तान क्रिकेट टीमले कति बेला कस्तो प्रदर्शन गर्न सक्छ भनेर भन्न सकिन्नँ। बलियो टीमलाई हराउन सक्ने र कमजोर टीमसँग पराजित हुने पाकिस्तानी क्रिकेटको विशेषता हो। २००९ को विश्वकप विजेता पाकिस्तान यसपटक फेरि उपाधि हात पार्ने दाउमा छ।

आइतबार उसले कट्टर प्रतिद्वन्द्वी भारतविरुद्ध प्रतिष्प्रदा गरेर विश्वकपको पहिलो खेल खेल्दैछ। टी-२० विश्वकपमा भारतविरुद्ध पाकिस्तानी टोलीको कीर्तिमान निकै खराब छ। टोलीले अहिलेसम्म पाँच खेल खेलेको छ र पाँचै खेलमा भारतसँग हार बेहोरेको छ।

तर, यो विश्वकपमा युएईको अवस्थामा पाकिस्तानको टोली खतरनाक सावित हुन सक्छ किनभने उनीहरूसँग खेल्ने धेरै अनुभव छ। पाकिस्तानका धेरै खेलाडीहरू छन् जो भारतका लागि खतरा बन्न सक्छन् र यदि यी खेलाडीहरूले राम्रो गरे भने पाकिस्तानले विश्वकपमा भारतविरुद्ध पहिलो जीत हासिल गर्न सक्छ।

आज हामी तीन पाकिस्तानी खेलाडीको बारेमा उल्लेख गर्दैछौं, जो भारतका लागि खतरा साबित हुन सक्छन्।

१. बाबर आजम
पाकिस्तानी कप्तान बाबर आजम र भारतीय कप्तान विराट कोहलीको तुलना बारम्बार हुने गरेको छ। पाकिस्तानी टीमका लागि विराट कोहलीको रूपमा उनले महत्वपूर्ण भूमिका खेल्छन्। बाबर आजमलाई टी-२० क्रिकेटको सर्वश्रेष्ठ खेलाडी मानिन्छ।

उनले टी-२० मा लगातार राम्रो प्रदर्शन गरेर आफूलाई प्रमाणितसमेत गरिसकेका छन्। बाबरले पाकिस्तानका लागि ६१ टी-२० खेलमा २२ सय चार रन बनाएका छन् भने उनको नाममा एक शतक र २० अर्धशतक रहेको छ। बाबर आफ्नो शानदार प्रदर्शनका कारण भारतका लागि एक ठूलो खतरा साबित हुन सक्छन्। बाबर आजमको विकेट भारतको दृष्टिकोणबाट धेरै महत्वपूर्ण हुनेछ।

२. शाहीन शाह अफ्रिदी
भारतीय दायाँ हाते ब्याट्सम्यान फास्ट बलरसामु निरही हुने कुरा सर्वविदित छ। र, यसलाई ध्यानमा राख्दै फास्ट बलर शाहीन शाह अफ्रिदी पाकिस्तानका लागि ट्रम्प कार्ड साबित हुन सक्छन्।

शाहिनसँग खुल्ला ओभरमा बल स्विंग गर्ने क्षमता छ। उनले भारतीय शीर्ष अर्डरको ब्याट्सम्यानका लागी धेरै समस्या निम्त्याउन सक्छन्। यदि शाहीनले उद्घाटन ओभरमा भारतको विकेट लिए भने पाकिस्तानको लागि बाटो सजिलो हुन सक्छ।

३.मोहम्मद रिजवान
पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले भारतविरुद्धको खेलमा ओपनिङ गर्ने भएका छन्। रिजवानले पहिलो ओभरमा छिटो रन बनाएर विपक्षी बलरहरूलाई दबाब दिने प्रयास गर्ने छन्।

रिजवानले ४३ खेलमा ४८.४० को औसतमा १०६५ रन बनाएका छन् भने एक शतक र आठ अर्धशतक आफ्नो नाममा लेखाएका छन्। रिजवानमा ठूलो स्कोर बनाउने क्षमता छ। यदि भारतीय टोलीले उनलाई सुरुमै आउट गरेन भने भारतका लागि समस्या बढ्नेछ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ३ : ०५ बजे

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत