बोलेरो दुर्घटना हुँदा आठ जना घाइते « Khabarhub

बोलेरो दुर्घटना हुँदा आठ जना घाइते


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको उदयपुरगढी गाउँपालिका- ५ आम्बोटेमा बोलेरो दुर्घटना हुँदा आठ जना घाइते भएका छन । बर्रेबाट कटारीतर्फ जाँदै गरेको बोलेरो ओरालोमा ब्रेक फेल भई दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका हुन् ।

घाइते हुनेमा उदयपुरगढी गाउँपालिका– ३ का ४३ वर्षीय खिलराज तामाङ, २० वर्षीय आशिष खड्का, वडा नम्बर ४ का ५० वर्षीया सुनमाया तामाङ, २३ वर्षीया हिरा तामाङ, ३८ वर्षीय चीनमाया तामाङ, १५ वर्षीय मेखबहादुर बस्नेतसहित बिगुल गाउँपालिका- ४, दोलखाका २६ वर्षीय सन्दीप ठकुरी र सोही ठाउँका २४ वर्षीया एसिला कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख लिलबहादुर श्रेष्ठले जानकारी दिए ।

घाइतेहरुको जिल्ला अस्पताल गाइघाटमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ । अधिकांशकाे हात, खुट्टा, ढाँडमा सामान्य चोट रहेको प्रमुख श्रेष्ठले जानकारी दिए । ओरालोमा आउँदै गर्दा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ३ : ५० बजे

भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री

बाढीपछि बैरेनी बजारका घरहरूको अवस्था (तस्बिरहरू)

 काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङको बैरेनी बजारका घरहरू

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको

बाढीपीडितका लागि टप एन्ड टी–२० सिरिजमार्फत सहयोग अभियान

काठमाडौं- अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमार्फत रसुवाको भोटेकोशीमा हालै

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित