बोलेरो दुर्घटना हुँदा आठ जना घाइते « Khabarhub

बोलेरो दुर्घटना हुँदा आठ जना घाइते


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको उदयपुरगढी गाउँपालिका- ५ आम्बोटेमा बोलेरो दुर्घटना हुँदा आठ जना घाइते भएका छन । बर्रेबाट कटारीतर्फ जाँदै गरेको बोलेरो ओरालोमा ब्रेक फेल भई दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका हुन् ।

घाइते हुनेमा उदयपुरगढी गाउँपालिका– ३ का ४३ वर्षीय खिलराज तामाङ, २० वर्षीय आशिष खड्का, वडा नम्बर ४ का ५० वर्षीया सुनमाया तामाङ, २३ वर्षीया हिरा तामाङ, ३८ वर्षीय चीनमाया तामाङ, १५ वर्षीय मेखबहादुर बस्नेतसहित बिगुल गाउँपालिका- ४, दोलखाका २६ वर्षीय सन्दीप ठकुरी र सोही ठाउँका २४ वर्षीया एसिला कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख लिलबहादुर श्रेष्ठले जानकारी दिए ।

घाइतेहरुको जिल्ला अस्पताल गाइघाटमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ । अधिकांशकाे हात, खुट्टा, ढाँडमा सामान्य चोट रहेको प्रमुख श्रेष्ठले जानकारी दिए । ओरालोमा आउँदै गर्दा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ३ : ५० बजे

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र