विमलले यस वर्ष पनि मच्छिन्द्रबाटै खेल्ने « Khabarhub

विमलले यस वर्ष पनि मच्छिन्द्रबाटै खेल्ने


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबलर विमल घर्तीमगरले आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिग पनि मच्छिन्द्र क्लबबाट खेल्ने भएका छन् । गत सिजनमा पनि उनले मच्छिन्द्रबाटै लिग खेलेका थिए । यस सिजनमा पनि सोही क्लबबाट खेल्ने गरी सम्झौता नवीकरण भएको हो ।

क्लबले आइतबार बिमलालाई एक बर्षको लागि सम्झौता गरेको जनाएको छ । सम्झौतापत्रमा विमल र मच्छिन्द्र क्लबका उपाध्यक्ष तथा व्यवस्थापक अनिल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

गत सिजनमा विमलले मच्छिन्द्रबाट अन्तिम खेल मात्रै खेलेका थिए । भुटानमा कुवेतसँगको खेलअघि ‘डिस्को काण्ड’ मा मुछिएका विमललाई एन्फाले कारबाही गरेपछि विमलले अन्तिम खेल मात्रै खेल्न पाएका थिए ।

यसअघि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका क्रममा विमलको घुँडामा चोट लागेपछि उपचारका लागि कतारमा गएका थिए । गत सिजन अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र पहिलो पटक लिग उपाधि हात पार्न सफल भएको थियो । अन्तिम खेलमा आर्मीलाई बराबर काफी थियो भने मछिन्द्रलाई जितको विकल्प थिएन ।

यसपटक क्लबले कप्तान विराज महर्जनलाई बिदाई गर्दै सुजल श्रेष्ठ, विशाल राई, रन्जित धिमाल, देवेन्द्र तामाङ, रेजिन सुब्बा, सुनिल बल, अभिषेक रिजाल, मनिष डांगी, गोलरक्षक विशाल श्रेष्ठसँग सम्झौता गरिसकेको छ ।

मछिन्द्रले यसपटक प्रशिक्षकमा पनि ए लाइसेन्स प्राप्त प्रवेश कटुवालसँग सम्झौता नवीकरण गरिसकेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ४ : २० बजे

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल