विमलले यस वर्ष पनि मच्छिन्द्रबाटै खेल्ने « Khabarhub

विमलले यस वर्ष पनि मच्छिन्द्रबाटै खेल्ने


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबलर विमल घर्तीमगरले आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिग पनि मच्छिन्द्र क्लबबाट खेल्ने भएका छन् । गत सिजनमा पनि उनले मच्छिन्द्रबाटै लिग खेलेका थिए । यस सिजनमा पनि सोही क्लबबाट खेल्ने गरी सम्झौता नवीकरण भएको हो ।

क्लबले आइतबार बिमलालाई एक बर्षको लागि सम्झौता गरेको जनाएको छ । सम्झौतापत्रमा विमल र मच्छिन्द्र क्लबका उपाध्यक्ष तथा व्यवस्थापक अनिल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

गत सिजनमा विमलले मच्छिन्द्रबाट अन्तिम खेल मात्रै खेलेका थिए । भुटानमा कुवेतसँगको खेलअघि ‘डिस्को काण्ड’ मा मुछिएका विमललाई एन्फाले कारबाही गरेपछि विमलले अन्तिम खेल मात्रै खेल्न पाएका थिए ।

यसअघि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका क्रममा विमलको घुँडामा चोट लागेपछि उपचारका लागि कतारमा गएका थिए । गत सिजन अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र पहिलो पटक लिग उपाधि हात पार्न सफल भएको थियो । अन्तिम खेलमा आर्मीलाई बराबर काफी थियो भने मछिन्द्रलाई जितको विकल्प थिएन ।

यसपटक क्लबले कप्तान विराज महर्जनलाई बिदाई गर्दै सुजल श्रेष्ठ, विशाल राई, रन्जित धिमाल, देवेन्द्र तामाङ, रेजिन सुब्बा, सुनिल बल, अभिषेक रिजाल, मनिष डांगी, गोलरक्षक विशाल श्रेष्ठसँग सम्झौता गरिसकेको छ ।

मछिन्द्रले यसपटक प्रशिक्षकमा पनि ए लाइसेन्स प्राप्त प्रवेश कटुवालसँग सम्झौता नवीकरण गरिसकेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ४ : २० बजे

गगनले बाँडिसके हिमाली र उच्च पहाडी जिल्लाका २० क्षेत्रका लागि कांग्रेसको टिकट

काठमाडौं- नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन

तोसिमा कार्कीले पाइन् टिकट, पुरानै क्षेत्र ललितपुर ३ बाट उठ्ने

ललितपुर- राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीले ललितपुर क्षेत्र

सरकारले खारेज गर्‍यो विवादित प्रधानमन्त्री रोजगार कार्यक्रम

काठमाडौं– सरकारले अनुत्पादक र विवादित रहँदै आएको प्रधानमन्त्री रोजगार कार्यक्रम

एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर

काठमाडौं– एनसेल र भाटभटेनीले संयुक्त रूपमा विशेष अफर सार्वजनिक गरेका छन्

‘भयमुक्त वातावरणमा निर्वाचन हुन्छ’ 

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र,