त्रियुगा नदीमा पुल निर्माण गरिने छ : मन्त्री खड्का « Khabarhub

त्रियुगा नदीमा पुल निर्माण गरिने छ : मन्त्री खड्का


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्र मन्त्री डा नारायण खड्काले त्रियुगा नदिमा पुल निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

गृह जिल्ला उदयपुर पुगेका मन्त्री खड्कालाई चौदण्डीगढी नगरपालिका नेपाली कांग्रेस नगर कमिटीले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले यस्तो बताएका हुन् । मन्त्री खड्का समक्ष स्थानीय नेता तथा कार्यकर्ताले त्रियुगा नदी लगायतका अन्य खहरे खोला नियन्त्रण गर्न र चौदण्डीगढी नगरपालिकाको वडा नं. ९ र १० लाई जोड्न त्रियुगा नदीमा पक्की पुलको यथासक्य चाडो कार्य सुरु गराउन माग गरेका थिए ।

मन्त्री खड्काले बेल्टार बजारमा ब्यापार व्यावसायमा कमि आएको भन्दै चौदण्डीगढी नगरपालिकाको वडा नं १ बंसिला बाट खोटाङ जिल्लालाई जोड्न दुधकोशीमा पक्की पुल बनाउने, चौदण्डीगढी नगरपालिका कै वडा नं १० स्थित देबधार बाट हडिया जोड्ने त्रियुगानदीमा पक्की पुल बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

मन्त्री खड्काले जिल्लाकै चौदण्डीगढी नगरपालिकाको वडा नं ५ मा पर्ने त्रियुगा नदीमो शिवाई बेल्ही जोड्ने बिगत १ दशक देखि निर्माणाधीन रहेको पक्की पुल आउँदो माघ फागुनसम्ममा निर्माण गराई छोड्ने जानकारी दिए ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ७ : ०० बजे

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको

बाढीपीडितका लागि टप एन्ड टी–२० सिरिजमार्फत सहयोग अभियान

काठमाडौं- अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमार्फत रसुवाको भोटेकोशीमा हालै

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध