त्रियुगा नदीमा पुल निर्माण गरिने छ : मन्त्री खड्का « Khabarhub

त्रियुगा नदीमा पुल निर्माण गरिने छ : मन्त्री खड्का


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्र मन्त्री डा नारायण खड्काले त्रियुगा नदिमा पुल निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

गृह जिल्ला उदयपुर पुगेका मन्त्री खड्कालाई चौदण्डीगढी नगरपालिका नेपाली कांग्रेस नगर कमिटीले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले यस्तो बताएका हुन् । मन्त्री खड्का समक्ष स्थानीय नेता तथा कार्यकर्ताले त्रियुगा नदी लगायतका अन्य खहरे खोला नियन्त्रण गर्न र चौदण्डीगढी नगरपालिकाको वडा नं. ९ र १० लाई जोड्न त्रियुगा नदीमा पक्की पुलको यथासक्य चाडो कार्य सुरु गराउन माग गरेका थिए ।

मन्त्री खड्काले बेल्टार बजारमा ब्यापार व्यावसायमा कमि आएको भन्दै चौदण्डीगढी नगरपालिकाको वडा नं १ बंसिला बाट खोटाङ जिल्लालाई जोड्न दुधकोशीमा पक्की पुल बनाउने, चौदण्डीगढी नगरपालिका कै वडा नं १० स्थित देबधार बाट हडिया जोड्ने त्रियुगानदीमा पक्की पुल बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

मन्त्री खड्काले जिल्लाकै चौदण्डीगढी नगरपालिकाको वडा नं ५ मा पर्ने त्रियुगा नदीमो शिवाई बेल्ही जोड्ने बिगत १ दशक देखि निर्माणाधीन रहेको पक्की पुल आउँदो माघ फागुनसम्ममा निर्माण गराई छोड्ने जानकारी दिए ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ७ : ०० बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले