४ वर्षपछि भएको पुनः मतगणनामा नतिजा उल्टियो « Khabarhub

४ वर्षपछि भएको पुनः मतगणनामा नतिजा उल्टियो


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– स्थानीय तहको निर्वाचन सकिएको चार वर्षपछि महोत्तरीको मनरा सिस्वा नगरपालिका ५ का स्वतन्त्र उम्मेदवार रमेश राय विजयी भएका छन् ।

स्वतन्त्र उम्मेदवार रायले दायर गरेको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले मतगणनाका लागि दिएको आदेशपछि चार वर्षपछि पुनः आइतबार जनकपुर उच्च अदालतको सभाहलमा मतगणना भएको थियो ।

रायले २६८ मत र नेपाली काङ्ग्रेसबाट विजयी भएको भन्दै हालसम्म वडा अध्यक्ष रहेका अरुणकुमार चौधरीले २६६ मत मात्र ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

२ असोज २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका चौधरीको २६४ मत र स्वतन्त्र उम्मेदवार रायको २६७ मत आएकामा निर्वाचन अधिकृतले चौधरीका तीन बदर मतसमेत सदर गरिदिएपछि दुवैको परिणाम बराबरी भएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ७ : ३८ बजे

भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री

बाढीपछि बैरेनी बजारका घरहरूको अवस्था (तस्बिरहरू)

 काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङको बैरेनी बजारका घरहरू

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको

बाढीपीडितका लागि टप एन्ड टी–२० सिरिजमार्फत सहयोग अभियान

काठमाडौं- अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमार्फत रसुवाको भोटेकोशीमा हालै

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित