दाङमा बस दुर्घटना : सहचालकको मृत्यु , २१ जना घाइते « Khabarhub

दाङमा बस दुर्घटना : सहचालकको मृत्यु , २१ जना घाइते


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा यात्रु बाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । तुलसीपुर–घोराही सडक खण्डको मोतीपुरमा भएको बस दुर्घटनामा परी बसका सहचालक प्रेम परियारको मृत्यु भएको हो ।

दाङ सदरमुकाम घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रु बाहक बस आइतबार साँझ दुर्घटना परेको छ । दुर्घटनामा परेर २८ वर्षकाका घोराही(१० घर भएका सहचालक परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले बताए ।

गाडीमा सवार अन्य २१ जना जना घाइते भएका छन् । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको ना६ख ७६३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका ६ मोतीपुरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोतीपुरको ओरालोमा बस सडकबाट खोलामा खस्दा २१ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बसले च्यापेका सहचालक परियारलाई जेसिबीको साहयताले उद्धार गरिएको थियो । उद्धार गरेर अस्पताल पुर्‍याइएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ७ : ४६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका