पाँच दिनदेखि अन्धकारमा बाढी पीडित | Khabarhub Khabarhub

पाँच दिनदेखि अन्धकारमा बाढी पीडित


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– बेमौसमी बाढीले बिजुलीको पोल बगाउँदा गौरीगञ्ज १ का बाढीपीडित पाँच दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । अविरल वर्षासँगै गत मंगलबार राति आएको बाढीले बिजुलीको तार र पोलमा क्षति पुर्‍याउँदा बाढी पीडित अन्धकारमा बस्न बाध्य भएका हुन् ।

बिजुलीको पोल ढल्दा गौरीगञ्ज १ को बाढी प्रभावित क्षेत्रका करिब १५० बाढी पीडितको घरमा बिजुली अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बुल्लुचोक सबस्टेसनले जनाएको छ । ‘बिजुली नहुँदा हामीलाई धेरै समस्या भएको छ । न मोबाइल चार्ज गर्न पाएका छौं । न त घरमा बत्ती बाल्न नै,’ हुकलबारीका बाढीपीडित चन्द्र कार्की भन्छन्, ‘एकदम समस्या भएको छ । राति टुकी बालेर बसिरहेका छौं ।’

बाढीपीडितले कम्मरसम्म आउने माई नदी छिचोल्दै उत्तरी गाउँमा आएर मोबाइल चार्ज गर्नुपर्ने बाध्यता छ । ‘छोरीमान्छे आउन सक्दैनन् । हामी नै मोबाइल भेला पर्छौँ र माथि लाइन भएको ठाउँमा चार्ज गर्न लैजान्छौं,’ उनले भने, ‘कम्मरसम्म आउने पानीको प्रेस धेरै छ । चार्ज गर्न जाँदा त गइन्छ । तर, फर्कँदा के हुने हो टुंगो हुँदैन ।’

अर्को गाउँमा चार्ज लगाएको मोबाइल बालेर बाढीपीडित रात कटाउँदै आएका छन् । ‘घरमा सबै लेदो जमेको छ । जसोतसो बसेका छौं । राति सर्प आउँछ भन्ने डर त छदैछ,’ हुकलबारीका बाढीपीडित अलि मुदिन भन्छन्, ‘बिजुली नहुँदा हामीलाई धेरै समस्या भएको छ ।’ हुकलबारी जाने बिजुलीका तीन वटा पोल माई नदीले बगाएको छ । विद्युत् प्राधिकरणले पनि बनाउने कोसिस गरिरहेको जनाएको छ ।

अहिले स्थानीयको सहयोगमा काठको पोल गाड्ने काम भइरहेको छ । तर, यो अस्थायी मात्र भएको बाढीपीडित सागर सुनुवार बताउँछन् । ‘लाइन बिना केही नहुने भयो । बाढी आउँदा चारतिरबाट नदीले घेरेको थियो बीचमा हामी थियौं । आफन्तलाई सुरक्षित भएको जानकारी पनि गराउन सकिएन,’ उनी भन्छन्, ‘त्यसैले अहिले हामी नै लागेर बिजुली गाउँसम्म पुर्‍याउने तयारी गर्दैछौं । हामी आफैं पैसा उठाएर भए पनि लाने भन्नेमा थियौं । तर, विद्युत् प्राधिकरणले नै खर्च गर्‍यो । हामीले श्रमदान गर्‍यो ।’

अहिले लैजान लागिएको विद्युत् अस्थायी हो । काठको पोल एकदमक कमजोर छ । सामान्य हावाले पनि लडाउन सक्ने सुनुवार बताउँछन् । ‘यो त अस्थायी मात्र काम दिन्छ । सामान्य हावाले पनि लडाउँछ । तर, अहिलेलाई काम चलाउन भए पनि लानै पर्ने बाध्यता छ,’ उनले भने ।

विद्युत् प्राधिकरण बुल्लुचोक सब स्टेसनका प्राविधिक विजयकुमार ताजपुरीयाले सोमबारसम्म बाढीपीडित गाउँमा बिजुली पुर्‍याउने योजना रहेको बताए । स्थानीयको सहयोगमा अस्थायी रूपमा भए पनि गाउँमा बिजुली पुर्‍याउन धमाधम काम गरिरहेको उनले बताए । ‘अहिले मुख्य कुरा बिजुली हो । अँध्यारोमा बाढीपीडितलाई समस्या हुन्छ भनेर हामीले खोला घट्ने बित्तिकैदेखि काम सुरु गरेका छौं,’ उनले भने, ‘तर, यो अस्थायी हो । यहाँ भत्किएको बाटो बन्यो र सिमेन्टको पोल पारिसम्म पुर्‍याउन पाइयो भने मात्र स्थायी बन्छ । नभए अहिलेलाई अस्थायी नै हुन्छ ।’

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १० : ०४ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस