सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता « Khabarhub

सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकार र नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा आइत्बार भएको भेटमा सरकार र नेकपा ‘विप्लव’ समूहबीच विसं २०७७ फागुन २० गते भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको हो ।

भेटमा विभिन्न घटनामा पक्राउ परेका बन्दीलाई कानुनसम्मत ढङ्गले रिहाई गर्ने विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री बालकृष्ण खाँड, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, महान्यायधिवक्ता खम्बबहादुर खाती र नेकपा ‘विप्लव’ समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को सहभागीता रहेको थियो ।

भेटमा नेकपाले विभिन्न घटनामा जेल परेका कैदीबन्दी र मुद्दाको सूची तयार गरी सरकारलाई बुझाउने र सरकारले आवश्यक अनुसन्धान गरी कानूनसम्मत रुपमा मुद्दा फिर्ता लिने विषयमा छलफल भएको महान्यायधीवक्ता खातीले जानकारी दिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १० : २३ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार