यी हुन् राणाविरुद्ध उभिएका १४ न्यायाधीश | Khabarhub Khabarhub

यी हुन् राणाविरुद्ध उभिएका १४ न्यायाधीश


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सोमबारका लागि प्रधानन्यायाधीश चोलेन्द्र्र शमशेर राणाले फुलकोर्टको बैठक बोलाएपछि सर्वोच्च अदालतका १४ न्यायाधीशहरु बैठक बसेर सो फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरे । उनीहरुले सोमबार पनि सर्वोच्चमा बसेर थप निर्णय लिइने निष्कर्ष निकाले ।

यी १४ जना न्यायाधीशहरुले वरिष्ठतम न्यायाधीश दीपक कार्कीको समर्थनसमेत गरे । यसरी राणाविरुद्ध विद्रोह गर्ने १४ जना न्यायाधीशहरुमा केही भावी प्रधानन्यायाधीशको लाइनमा रहेकाहरुसमेत छन् ।

न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी राणाविरुद्ध विद्रोहमा उभिएका हुन् ।

बैठकमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी र कुमार चुडाल न्यायाधीशहरुको बैठकमा अनुपस्थित रहे । उनीहरु काठमाडौँ बाहिर भएकाले आइतबारको बैठकमा सहभागी नभएका हुन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १० : ३७ बजे

त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन

कास्की र म्याग्दी कारागारबाट भागेका कैदी पक्राउ

बागलुङ– जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४

एसिया कप: यूएईमाथि भारतले निकाल्यो ४.३ ओभरमै सानदार जित

काठमाडौं – एसिया कपमा भारतले विजयी सुरुवात गरेको छ। दुबई

सवारी दुर्घटनामा एकजनाको मृत्यु

झापा– झापामा सवारी दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ

नख्खु कारागारबाट भागेका कैदी धादिङबाट पक्राउ

धादिङ – बिहीबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको