युभेन्ट्सको पोष्टमा चार गोल गर्दै शीर्ष स्थानमा उक्लियो चेल्सी « Khabarhub

युभेन्ट्सको पोष्टमा चार गोल गर्दै शीर्ष स्थानमा उक्लियो चेल्सी


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटाली सिरी ए को महारथी क्लब युभेन्ट्सलाई ४ गोल गर्दै इंग्लिस क्लब चेल्सी युइएफए च्याम्पियन्स लिगको समूह ‘एच’ मा शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राति भएको खेलमा घरेलु टोली चेल्सीले युभेन्ट्सलाई ४–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको सहज जितमा ट्रिभोअ चालोवाह, रिस जेम्स, कलुम हड्सन ओडोइ र टिमो वेर्नरले १/१ गोल गरे ।

लियोनार्दाे बोनुचीको कप्तानीमा मैदान उत्रिएको युभेन्ट्सले पहिलो हाफमा १ गोल ब्यहोर्दा दोस्रो हाफमा ३ गोल ब्यहोरकेो थियो ।

समूह ‘एच’बाट दुबै टोली यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेका छन् । जितपछि चेल्सी शीर्ष स्थानमा फर्कियो ।

समूह ‘एच’कै अर्काे खेलमा माल्मो र जेनिथले १–१ गोलको बराबरी खेले ।

समूह ‘एच’मा ५ खेलबाट समान १२ अंक भएपनि हेट टु हेटका आधारमा चेल्सीले युभेन्ट्सलाई पछि पारेको छ । जेनिटको ४ अंक रहँदा माल्मोको १ अंक रहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ७ : ०७ बजे

टप एण्ड टी–२० : आज नेपाल ‘ए’ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकबाट १५ करोडको राहत, पुनर्स्थापना कार्यक्रम ल्याउने

काठमाडौँ– रसुवामा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण