ड्राइभर भनेर साउदी पुगेका नेपाली युवा भेडा चराउन परेपछि… « Khabarhub

ड्राइभर भनेर साउदी पुगेका नेपाली युवा भेडा चराउन परेपछि…



दोहा : वैदेशिक रोजगारीको सिलसिला साउदी अरब पुगेका एक नेपाली युवा बिचल्लीमा परेका छन् ।

काठमाडौँको ठमेलस्थित एक मेनपावरमार्फत पोखराका एजेन्ट धिमाल गुरुङले ११ महिनाअघि साउदी पठाएका कास्की पोखराका केशव रुचाल बिचल्ली अवस्थामा छन् ।

एजेन्ट गुरुङले ड्राइभर भिसामा राम्रो तलब हुने भन्दै १ लाख ३० हजार रुपैयाँ लिएर साउदी पठाएका रुचाल अहिले मरुभूमिको बिचमा भेडा चराउँछन् । ‘आफू इराकको बोडर नजिकै रहेको बताउँदै ,’ उनले रुँदै भने,’ मैले कयौँ दिन सुक्खा रोटी खाएर गुजारेको छु, अस्ति पनि पानी परेर रातभरि सुत्न सकिन, अहिले रुघाखोकीको कारण बिरामी छु ।’ मंगलबार मध्यराती खबरहबले सम्पर्क गर्दा उनले मरुभूमिको बिचमा खुल्ला आकाश मुनि रात बिताइरहेको दुख पोखे।

‘म एक रात मात्र होइन हरेक दिन मरुभूमिको बिचमा खुल्ला आकाश मुनि भेडासँगै बिताइरहेको छु ,’ उनले भने, ‘धेरै समय खुल्ला ठाउँमा बस्दा गाह्रो भएपछि अहिले सहयोगको लागि हारगुहार गरेँ ।’

आफू ओछ्यानको एउटा गुन्टा बोकेर भेडाको पछिपछि मरुभूमि चहार्दै हिँडिरहेको सुनाए । उनले आफू साउदी आएको ८ महिनापछि श्रीमती अर्कै पुरुषसँग गएको र घरमा ७५ बर्सिया वृद्धा आमा र एक अपाङ्ग दिदी मात्रै रहेको बताए ।

उनले जतिसक्दो चाँडो आफूलाई सकुशल नेपाल फर्काई दिनका लागि सहयोग गर्न श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायत साउदीमा क्रियाशील विभिन्न सङ्घसंस्था तथा अभियन्ताहरूलाई अनुरोध गरेका छन् ।

यी एक प्रतिनिधि उदाहरण मात्र हुन् । सरकारले  वैदेशिक रोजगारीमा खाडी तथा मलेसिया जाने कामदारका लागि ‘फ्री भिसा फ्री टिकट’ लागू गरेको भने पनि म्यानपावर तथा एजेन्टहरुले मोटो रकम लिएर नेपाली युवाहरूलाई खाडीमा कौडीको भाउमा श्रम बेच्ने क्रम अझैँ रोकिएको छैन ।

नेपालमा सम्झौता गरेअनुसार काम तथा सेवा सुविधा नपाउँदा हजारौँ नेपाली युवा समस्यामा पर्ने गरेको सम्बन्धित देशहरूमा रहेका गैर आवासीय नेपाली सङ्घ तथा क्रियाशील नेपाली संघसस्थाहरुले बताउने गरेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ९ : ५९ बजे

किभमा रुसको तीव्र हवाई प्रहार : विदेशी कूटनीतिज्ञलाई तत्काल सहर छाड्न रुसको कडा चेतावनी

काठमाडौं– रुसले युक्रेनको राजधानी किभमा थप भीषण प्रहार गर्ने चेतावनी

किसानका घरआँगनमा कृषिमन्त्री चौधरी

रुपन्देही– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रुपन्देही, कपिलवस्तु र

एलिनाको पसलको घर किनेको हल्लामा विष्णुको जवाफ- ‘समाचार पढेर मात्रै थाहा पाएँ’

काठमाडौं– गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटाको सम्बन्ध

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया