अर्घाखाँचीमा पौडेल पक्षीय श्रेष्ठ सभापतिमा निर्वाचित « Khabarhub

अर्घाखाँचीमा पौडेल पक्षीय श्रेष्ठ सभापतिमा निर्वाचित


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – नेपाली कांग्रेस अर्घाखाँचीको सभापतिमा केशव श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले कुल १ हजार ४ सय १८ मतमध्ये ७ सय ३१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी इन्द्रमणि पौडेलले ३ सय ५२ मतमै चित्त बुझाए । अर्का प्रत्यासी यादवप्रसाद घिमिरेले ३ सय ९ मत पाए । २७ मत बदर भएको छ ।

पौडेल पक्षीय श्रेष्ठ सभापतिमा निर्वाचित हुँदा शेरबहादुर देउवा पक्षीय घिमिरेले सबैभन्दा कम मत प्राप्त गरेका हुन् ।

देउवा पक्षका केन्द्रीय सदस्य पुष्पा भुसाल र मानबहादुर विश्वकर्माले घिमिरेलाई उम्मेदवार बनाएका थिए । श्रेष्ठलाई पौडेल पक्षका डा. रामबहादुर बिसीलगायतका नेताको समर्थन थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  १० : ५९ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले