देशको विद्यमान समस्या समाधान कांग्रेसले गर्न सक्छ : निधी « Khabarhub

देशको विद्यमान समस्या समाधान कांग्रेसले गर्न सक्छ : निधी


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले देशको विद्यमान समस्या समाधान कांग्रेसले नै गर्नसक्ने बताएका छन् ।

निधीले देशको निकास र लोकतन्त्रलाई मजबुत बनाउन अगामी चुनावमा नेपाली कांग्रेसलाई नै मतदान गर्नुपर्ने बताए ।

कांग्रेस धनुषा क्षेत्र ३ (ख) को पहिलो क्षेत्रीय अधिवेशनको उद्घाटन कार्यक्रममा बुधबार जनकपुरधाममा उपसभापति निधीले कांग्रेसले नै देशको विद्यमान समस्या समाधान गर्ने भएकाले कांग्रेसलाई सहयोग गर्न आम जनतासँग आग्रहसमेत गरे ।

उपसभापति निधिले कांग्रेस नेतृत्वमा बनेको गठबन्धन सरकारले संविधानको रक्षा गर्दै देश र जनताको हितमा केन्द्रित रहेको बताउँदै उनले सरकारको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा रहेको बताए । निधिले भने, ‘वर्तमान सरकार सही दिशामा अघि बढिरहेको छ । पुनः एक पटक कांग्रेसलाई मतदाताले बहुमत दिनुपर्छ ।’

निधीले जनकपुरधामको पर्यटन प्रवर्द्धनमा महत्वपुर्ण मानिएको नेपाल रेल्वे यथाशीघ्र सञ्चालनमा आउनुपर्ने जोड दिए । कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले आफूले कांग्रेस प्रदेश २ को सभापतिमा उम्मेदवारी घोषणा गरेको बताए ।

कांग्रेस धनुषा क्षेत्र ३ का सभापति शिवजी रायको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीसहितले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  १० : ४६ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको