मैदा स्वास्थ्यकालागी किन हानिकारक ? « Khabarhub

मैदा स्वास्थ्यकालागी किन हानिकारक ?


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रायः होटलमा पाइने परीकार मम, चाउमिन, चाउचाउ, विस्कुट, ब्रेड, रोटी सबै मैदाजन्य हुन् । मैदाको प्रयोग घरको भान्सामा समेत हुने गरेको छ । तर स्वादिलो मैदा स्वस्थ्यका लागि भने हानिकारक हुन्छ ।

आटाकै कच्चा पदार्थ गहुँबाट बन्ने मैदा बन्दा यसमा रहेको पोषक तत्व पूर्णत नष्ट हुन्छ । मैदा बनाउन गहुँलाई राम्ररी धोइन्छ र यसको बोक्रा पूर्ण रुपले हटाइन्छ । त्यसपछि मैदालाई सेतो एवम् सफा देखाउन बेन्जोइल पेरोअक्साइड नामक रसायन हालिन्छ र यसलाई मसिनो गरी पिसिन्छ । जसका कारण गहुँमा रहेको फाइबर नष्ट हुन्छ र मैदा हानिकारक बन्दछ । स्वास्थ्यकालागी बेन्जोइल पेरोअक्साइड नामक रसायन अस्वस्थ्यकर मानिन्छ । यसले क्यान्सरसम्मको जोखिम निम्त्याउँन सक्छ ।

यसरी पूर्णत फाइबर नभएको मैदा वा मैदाजन्य पदार्थ सेवन गरेमा हाम्रो पाचन यन्त्रलाई पचाउन गाह्रो हुन्छ । राम्ररी नपच्ने भएकाले मैदाको कतिपय अंश आन्द्रामा टाँसिन्छ र यसैले कतिपय रोग निम्त्याउँछ ।

यस्ता छन् मैदा सेवनबाट हुने हानी
१. प्रतिरोधात्मक क्षमता घट्छ
मैदाजन्य परिकारको सेवनले शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । यस्तोमा बिभिन्न रोगले गाँज्ने गर्दछ । मैदाजन्य पदार्थ सेवनले पटक पटक बिमारी हुने खतरा रहन्छ ।

२. मुटु र जोर्नीको समस्या
मैदाजन्य खानेकुराले ब्लड सुगर स्तर बढ्द र रगतमा ग्लुकोज जम्न थाल्दछ । फलस्वरुप शरीरमा रसायनिक प्रतिक्रिया हुन्छ र मुटुको समस्या वा जोर्नीको समस्या आउन सक्छ ।

३. पेटमा असर
मैदा वा मैदाबाट बनेको परिकार पेटकालागि प्रतिकुल हुन्छ । फाइबर नहुने भएकाले मैदामा पेटकालागि हानिकारक हुन्छ । यसले कब्जियत लगायतको समस्या आउन सक्छ ।

४. मोटोपन
नियमित मैदाजन्य पदार्थ खाने व्यक्तिको मोटोपन बढ्दछ । साथै यसको अधिक सेवनले शरीरमा कोलोस्ट्रोलको स्तर बढ्दछ ।

५. फुड एलर्जी
मैदा मुलायम र लचिलो हुनुको कारण यसमा ग्लूटन बढी हुनु नै हो । यसले फूड एलर्जी पैदा गर्छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ९ : ४७ बजे

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक

‘विवादित पात्रलाई जेन-जीको मञ्चमा किन ल्याइयो, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले जेनजी सहिदहरूको स्मृति सभाको